Logo

चीनमा ‘बजरंगी भाईजान’को बम्पर ब्यापार, वलिउड कलेक्सनमा राख्यो नयाँ रेकर्ड

वलिउड फिल्म ‘बजरंगी भाईजान’ यतिबेला चीन प्रदर्शनको क्रममा छ । फिल्मले चीनमा प्रदर्शनमा आएको २३ औँ दिनमा झण्डै २ सय ७० करोडको बिजनेस गर्न सफल भएको छ । हालसम्म फिल्मको कलेक्सन दुई सय ६८ करोड ६७ लाख छ । अहिलेपनि उत्तिकै हलमा फिल्म लागिरहेको वलिउड अनलाईन कोइमोइ डटकमले लेखेको छ ।

चीनको उक्त बिजनेस सहित सुपरस्टार सलमान खान स्टारर फिल्मले हालसम्म विश्वब्यापी रुपमा ८ सय ८२ करोड ५२ लाखको बिजनेस गरेको छ । यो बिजनेस हालसम्मकै दोश्रो उच्च हो । वलिउडमा अहिलेसम्म आमिर खान स्टारर ‘दंगल’ले मात्रै विश्वब्यापी रुपमा सर्वाधिक कलेक्सनमा १९ सय करोड कमाएर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

कबिर खान निर्देशित फिल्मले छिट्टै नै ९ सय करोडको बिजनेस आँकडा पार गर्ने बलिउड मिडियाहरुले लेखेका छन् । यो कलेक्सनलाई हिन्दी भाषाको सबै फिल्ममा रेकर्ड भनिएको छ । शनिबारको कलेक्सनबाट मात्रै ‘बजरंगी भाईजान’ले आमिरकै फिल्म ‘सेक्रेट सुपरस्टार’ (८ सय८२ करोड ४५ लाख)को लाइफटाम कलेक्सनको रेकर्ड तोड्दै आफुलाई बलिउडमा सर्वाधिक कमाई गर्ने फिल्मको दोश्रो नम्बरमा पुर्याएको थियो ।

Comments