‘शत्रु गते’ बिजनेस दुई दिनमै २ करोड !
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले शनिबार बम्पर बिजनेस गर्यो । फिल्म प्रदर्शनरत अधिकांश पर्दा हाउसफुल बन्दा दिनभरजस्तो ९० प्रतिशत माथीको अकुपेन्सी कायम गर्न फिल्म सफल भएको छ । सबैजसो हलमा दर्शकको उपस्थिती उत्साहजक थियो ।
राजधानीका केहि हलमा निर्माण टिम कलाकारहरु सहित पुगेको थियो । जहाँ युवा दर्शकबाट अभिनेता पल शाह, आँचल शर्मा, प्रियंका कार्की घेरिए । दीपाश्री निरौला, हरिवंश आचार्य, दीपकराज गिरी, किरण केसी मन पराउने दर्शक पनि उत्तिकै देखिए । सिंगल स्कृनदेखि मल्टिप्लेक्ससम्म दर्शकको चाप उत्तिकै रह्यो । निर्देशक प्रदिप भट्टराईले दर्शकले दिनुभएको यतिधेरै मायालाई अझ राम्रो फिल्म दिएर तिर्ने बताएका छन् ।
यसैबीच फिल्मले दोश्रो दिन झण्डै १ करोड ३० लाख आसपासको ग्रस विजनेस गरेको छ । मल्टिप्लेक्समा फिल्मको कलेक्सन उच्च देखिएको छ । राजधानी तथा मोफसलका झण्डै १ सय १० बराबर हलबाट यो कलेक्सन भएको हो । पहिलो दिन ७० लाखको आसपास विजनेस गरेको फिल्मको दुई दिने कलेक्सन २ करोड बराबर देखिएको छ । आधिकारिक रुपमा भने निर्माण टिम तथा वितरण कम्पनिले कलेक्सन बाहिर ल्याएको छैन् ।
आइतबार परेको सार्वजनिक बिदाको कारण फिल्मको बिजनेस थप प्लस हुने निश्चित छ । जतिपनि फिल्म हेर्ने दर्शकले ‘वाही वाही’ बोल्दै गर्दा देखिएको उच्च वर्ड अफ माउथले फिल्मको बिजनेसलाई थप उचाइ दिनेछ । कमेडी प्याटनको फिल्म हेर्ने दर्शकले कहिँकतै पनि टाउको घुमाउने ठाउँ नभेटेको बताएका छन् ।