Logo

जान्नुहोस ‘शत्रु गते’ पहिलो दिने कलेक्सन (बक्स अफिस)

फिल्म ‘शत्रु गते’को पहिलो दिनको विजनेस आशातित रहेन । निर्माण टिमको अपेक्षा ‘मिट’ नहुँदा फिल्मले मल्टिप्लेक्समा भने राम्रो विजनेस गर्यो । सिंगल स्कृनमा फिल्मप्रति दर्शकको साथ अपेक्षाकृत नरहँदा शनिबार भने दर्शक हलमा उर्लिएका छन् ।

प्राप्त विवरण अनुसार फिल्मले पहिलो दिन देशव्यापी रुपमा ७० लाख ग्रस विजनेस गरेको छ । जहाँ उपत्यकाको कलेक्सन ५० लाख ६७ हजार छ भने मोफसलबाट फिल्मको ग्रस १८ लाख ३३ हजार पाईएको छ । सिंगल स्कृनमा फिल्म रिलिजको दिन कहिँ पनि हाउसफुल बन्न सकेन । मल्टिप्लेक्समा दिनभरको अकुपेन्सी ७० प्रतिशत आसपास रह्यो ।

समिक्षकले मिश्रित प्रतिक्रिया दिँदा दर्शकले भने फिल्मलाई ‘वाउ’ भनेका छन् । जसका कारण वर्ड अफ माउथ फिल्मले उच्च पाएको छ । शनिबारको कलेक्सन डेढ करोड आसपास हुने अनुमान छ । फिल्म प्रदर्शनरत अधिकांश हल हाउसफूल छन् । निर्माण टिमले दर्शकको प्रतिक्रियाबाट उत्साहित बताएको छ । निर्देशक प्रदिप भट्टराईले प्रफुल्लित बताए ।

फिल्ममा हरिवंश आचार्य र दीपकराज गिरीको अभिनयलाई मुख्यतः दर्शकले नोटिस गरेका छन् । कमेडी प्याटनको फिल्मले कहिँकतै पनि टाउको घुमाउने वातावरण बनाएन, कुमारी हलमा भेटिएका एक दर्शकले बताए । यस्तै दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, शिवहरी पौड्याल, प्रियंका कार्की, पलशाह, आँचल शर्मा लगायतको कामलाइ पनि दर्शकले मन पराएका छन् ।

मह सञ्चारको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्म देशभरका सय बढि पर्दामा एकसाथ प्रदर्शनमा आएको छ । २ करोड आसपास लगानी भनिएको फिल्मले हलबाट नै लगानी रिकभर गर्न कम्तिमा साढे पाँच करोड माथीको ग्रस विजनेस गर्नुपर्ने देखिन्छ ।

Comments