जान्नुहोस् आमिर खानले बलिउडलाई सिकाएका तीन महत्त्वपूर्ण कुरा
आमिर खान बलिउडका सुपरस्टार हुन् । जस्तो चाह्यो त्यो प्रकारको अभिनयमा भिज्न सक्ने, पर्दामा हरेक फिल्मबाट दर्शकलाई होल्ड गर्ने सँगै बक्सअफिसमा नयाँ सय करोडहरुको जन्मदिने सामर्थ्य राख्ने आमिर खान भारतमा मात्र नभएर संसारभर लोकप्रिय छन् । यहाँ जान्नुहोस् उनै आमिरले बलिउडलाई दिएका तीन खास कुराः
एक समयमा एउटा मात्र फिल्म
आमिर जब बलिउडमा कदम राखेका थिए, त्यतिबेला एकैपटक कैयन् फिल्म गर्ने चलन थियो बलिउडमा । फिल्म स्टार्सले एक सेटबाट अर्को सेटमा दौडधुप गरेर पुग्ने गर्थे । दिनमा दुईदेखि तीन फिल्ममा काम गर्थे ।
आमिरले पनि त्यसरी नै काम गरेका थिए । तर जब उनी स्थापित भए, त्यसपछि उनले एउटा महत्त्वपूर्ण फैसला गरे । सन् १९९८ मा जब उनी ‘गुलाम’ मा अभिनय गरिरहेका थिए, त्यतिबेलै उनले निर्णय गरे कि, अब उनी एक समयमा एउटा मात्र फिल्म खेल्ने ।
पहिले उनले आफूले साइन गरिसकेका फिल्ममा काम गरे । त्यसपछि उनले यही नीतिलाई फलो गर्न थाले । त्यतिबेला कतिले त उनलाई अब आमिरको करिअर नै खत्तम भयो समेत भन्न भ्याएका थिए । केही फिल्म खेल्दा ती फिल्म असफल भए भने कसैले सोध्ने छैनन् भन्ने पनि थिए । आमिरले सन् २००० देखि भने एकपटकमा एउटा मात्र फिल्म खेल्ने अठोटलाई लागू गरे ।
भूमिकाका लागि मेहनत
भारतमा एक समय फिल्म गर्नका लागि सुखद परिणाम यो रह्यो कि, आमिर आफ्नो भूमिकाअनुरुप आफूलाई ढाल्न थाले । पहिले धेरै सेलिब्रेटी सबै फिल्ममा एउटै पात्र बनेका हुन्थे । तर, आमिरले आफ्नो भूमिका अनुसार शारीरिक र मानसिक रुपमा आफूलाई परिमार्जित गरे । उनले यो अभियान फिल्म ‘गजनी’ बाट शुरु गरे । उनले यही फिल्मका लागि भनेर सिक्स प्याक ज्यान बनाए । कपाल काटे ।
पहिले त बलिउडमा कुनै स्टारले पनि यस बारेमा सोचेका थिएनन् । उनले फिल्म ‘थ्री इडियट्स’ का लागि वजन घटाए । त्यस्तै ‘दंगल’ का लागि आफ्नो एक सय किलो तौल बनाए । उनको यस समर्पण र फिल्मको भूमिकालाई दर्शकले पनि स्वीकारे ।
प्रचारमा नयाँपन
पहिले फिल्मका प्रचार प्रसार एउटै ढर्रामा हुने गथ्र्यो । फिल्मको ट्रेलर जारी हुन्थ्यो । सबाल जवाफ हुन्थ्यो । फिल्म रिलिज हुनुभन्दा पहिले विभिन्न स्थानमा पोस्टर टाँसिन्थ्यो । तर आमिरले ‘गजनी’ का माध्यमबाट फिल्मको प्रचारमा नयाँ शैली अपनाए । गजनी फिल्मका बेला उनको जस्तो लूक सिनेमाघरका कर्मचारीसम्मले अपनाए । त्यसपछि उनको फिल्मको आफै प्रचार भयो ।
त्यस्तै उनले फिल्म ‘थ्री इडियटस्’ का लागि भेष बदलेर विभिन्न शहरमा घुमे । त्यस्तै ‘पीके’ को पोस्टरमा उनी रेडियोले मात्र ज्यान छोपिएर देखिए । त्यसपछि एकै पोस्टरले नै यति प्रचार दिलायो कि, दर्शकलाई फिल्मको मिति कुर्न कौतुहल जाग्यो ।