फान अवार्डः उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, कसको प्रतिस्पर्धा को सँग ? (सुची सहित)
नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजना हुन लागेको दोश्रो ‘फान अवार्ड २०७३’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बीच संघले २४ विधामा वितरण गरिने अवार्ड अन्तर्गतका उत्कृष्ट पाँच प्रतिस्पर्धिको मनोनयन सुची सार्वजनिक गर्यो ।
२०७३ भरी प्रदर्शनमा आएका ८८ फिल्ममध्येबाट ७ सदस्यीय प्रारम्भिक छनोट सिफारिस समितिले छनोट गरेका फिल्महरुलाई अवलोकन गर्दै मुख्य निर्मायक समितिले उत्कृष्ट पाँचको मनोनयन तयार गरेको आयोजकले बताएको छ । कला क्षेत्रमा समर्पित फिल्मकर्मीहरुको सम्मान र प्रोत्साहन नै अवार्ड आयोजनाको मुख्य उद्देश्य आयोजकले लिएको छ ।
यहि चैत्र १६ गते राजधानीमा सम्पन्न हुने दोश्रो फान अवार्डको उत्कृष्ट पाँच फिल्मको प्रतिस्पर्धामा ‘के म तिम्रो होइन र’, ‘गाजलु’, ‘छक्का पञ्जा’, ‘जात्रा’ र ‘लुट २’ परेका छन् भने निर्देशनमा ‘के म तिम्रो होइन र’बाट आकाश अधिकारी, ‘गाजलु’बाट हेमराज बिसी, ‘पुरानो डुङ्गा’बाट रामबाबु गुरुङ, ‘लुट २’बाट निश्चल बस्नेत र ‘बीर बिक्रम’बाट मिलन चाम्स प्रतिस्पर्धी बनेका छन् ।
यस्तै उत्कृष्ट अभिनेतातर्फ ‘छक्का पञ्जा’बाट दीपकराज गिरी, ‘शब्द’बाट सौगात मल्ल, ‘बीर बिक्रम’बाट दयाहाङ राई, ‘पुरानो डुङ्गा’बाट माओत्से गुरुङ र ‘जात्रा’बाट विपिन कार्की प्रतिस्पर्धी बन्दा अभिनेत्रीतर्फ ‘लभ साशा’बाट केकी अधिकारी, ‘जात्रा’बाट वर्षा राउत, ”छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘किस्मत २’बाट शिल्पा पोखरेल र ‘डाइङ क्याण्डल’बाट सिर्जना सुब्बा मनोनयनमा परेका छन् ।
२४ विधाको मनोनयन सुचीः