Logo

रणविरसँगको हिमचिमबारे आलियाले मुख खोलिन्

वलिउड सुन्दरी आलिया भाट बिहिबार २५ बर्ष पुगेकी छिन् । बुल्गेरियामा फिल्म ‘ब्रह्मास्त्र’को छायाँकन चलिरहँदा सुटिङ सेटमा नै आलियाले जन्मदिन सेलिब्रेट गरिन् । लामो समयपछि पहिलो पटक परिवारभन्दा टाढा रहेर आलियाले जन्मदिन मनाएकी हुन् ।

आलियाले यो फिल्मका चकलेटी ब्वाई रणविर कपुरसँग अनस्कृन रोमान्स गर्दैछिन् । यो बीचमा फिल्मको छायाँकन चलिरहँदा बलिउडमा भने आलिया र रणविरको प्रेम सम्बन्ध झाङ्गिएको गसिपहरु बाहिरिए । सेटमै यी दुईले एक अर्कामा माया साटिरहेको चर्चा चल्यो । जन्मदिनको छेकोमा आलियाले यो विषयमा मुख् खोलेकी छिन।

प्रेमी सिद्धार्थ मलहोत्रासँगको ब्रेकअप तथा रणविरसँगको निकटता र्‍यूमरको बारेमा प्रतिक्रिया दिँदै आलियाले यो प्रकारको हल्लाबाट आफु कन्फ्यूज भएको बताइन् । यस्तै उनले ‘साइलेन्स इज गोल्डेन’मा आफ्नो विश्वास रहेको भन्दै यो प्रकारको हल्लामा चुप बस्नु नै बेस भएको बताएकी छिन् । कसले के भन्छ र लेख्छ भन्ने कुरा आफ्नो चासोको विषय नभएको दाबी गर्दै आलियाले आफुलाई बुझ्नेहरु यस्तो हल्लाको पछि नलाग्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

Comments