५४ लागे आमिर, जन्मदिनमा खुल्लम खुल्ला चुमे किरणको लिप्स !
वलिउड सुपरस्टार आमिर खान बुधबारबाट ५४ बर्ष लागेका छन् । ५३ पुगेर ५४ प्रवेश गर्दै गर्दा आमिरले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ सेट छोडेर परिवारसँग बर्थडे मनाउन पुगे । विमानस्थलमा भेटिएकी श्रीमती किरण रावलाई मिडियाकै अघि लिप किस दिए ।
जन्मदिनमा आमिरलाई सरप्राईज दिन मुम्बई विमानस्थल पुगेकी किरणलाई आमिरले अंगाले एक आपसमा माया साटासाट गरे । त्यसपछि मिडियाकर्मीको साथमा घरमै बर्थडे सेलिब्रेट गरे ।
जन्मदिन मनाउँदै आमिरले पहिलोपटक यो फिल्ममा बिग बि अमिताभ बच्चनसँग काम गर्न पाएकोमा भाग्यमानी बताए । अमिताभसँग काम गर्ने लामो समयदेखिको सोख पुरा भएको भन्दै आमिरले खुशी व्यक्त गरे । वलिउड भाष्करले लेखेको छ । यस्तै दुई दिन पहिले मात्रै सुटिङ सेटमा अमिताभ घाईते भएको भन्दै मिडियाकर्मीले स्वास्थ्य अवस्था बुझ्न सोधिएको प्रश्नमा आमिरले भने, ‘अमिताभ जी ठिम है ।’