नीताको करियर जोडिएको ‘पञ्चायत’, यी तथ्य हुनसक्छन् सफलताका सुत्रधार (विश्लेषण)
बैकुण्ठराज पराजुली ।
करिव चार बर्ष पहिले फिल्म ‘झोला’ रिलिज भयो । सय बर्ष पहिलेको नेपाली समाजमा व्याक्त सति प्रथाको कथा उठान गरेको फिल्मलाई समिक्षक तथा दर्शकले ‘वाउ’ भने । निर्देशक यादवकुमार भट्टराईको चौतर्फी तारिफ भयो । यसमा मुख्यतः बधाईको पात्र बनिन् अभिनेत्री गरिमा पन्त ।
गरिमाले फिल्मको कथालाई न्याय गर्दै निभाएको भुमिकाले ठुलो तारिफ मात्रै भेटेन देश विदेशमा सम्पन्न विभिन्न अवार्ड समारोहमा पनि उनको पात्रलाई अब्बल सावित गर्यो । त्यसयता नेपाली ईतिहास बोल्ने मौलिक कथा भनिएका गरी केहि फिल्म आए गए, खासै पत्तो रहेन् । यतिबेला भने फिल्म ‘पञ्चायत’ले रिलिजको पुर्व सन्ध्यामा ‘झोला’को त्यो माहोललाई केहि हदसम्म आफ्नो पक्षमा पार्ने क्रममा छ । यतिबेला पनि निर्देशक शिवम अधिकारीसँगै चर्चाकी अनि बधाइकी पात्र बनिरहेकी छिन् अभिनेत्री नीता ढुङ्गाना ।
फिल्म केहि आउँदो शुक्रबार अर्थात चैत्र २ बाट दर्शकमाझ आउँदैछ । तर केहि दिन पहिले नै निर्माण टिमले फिल्मको भव्य प्रिमियर राजधानीमा गर्यो । जहाँ फिल्म हेर्ने फिल्मकर्मी मात्र होइन राजनेता देखि मन्त्रीसम्मले फिल्मलाई मन राम्रो बोले । फिल्मको प्रशंसामा पोखिएका शब्दभन्दा बढि तारिफका शब्दहरु अभिनेत्री नीताको अभिनयमा पोखिए ।
पुर्व प्रधानमन्त्री द्वय पुष्पकमल दाहाल र झलनाथ खनालदेखि बहालवाला मन्त्रीदेखि सभामुखसम्मले नीताको अभिनयको फ्यान भएको र भविष्य झन उज्जल देखिएको प्रशंसा गरिरहँदा मिडिया तथा सामाजिक सञ्जालहरुमा यतिबेला फिल्म हेरिसकेकाहरुले उनको अभिनयको तारिफ गरिरहेका ँन् भने हेर्न बाँकीले उनलै लागी भए पनि ‘अवेटेड’ लेखेको भेटिन्छ । उल्लेखित शब्दहरुबाट नै नीताको काम बोल्छ ।
२०३१ सालको कथा बोल्ने फिल्ममा नीता १४ बर्षे कोपिला बनेकी छिन् । उमेरले टिनएज पार गरिसक्दा समेत कथा अनुसारको पात्रमा आफुलाई अब्बल बनाएकी मात्रै छैनन् दर्शकको मन छुने अभिनय पनि पस्केकी छिन् । २०३१ सालको कुरा मात्र रहेन्, आजको दिनसम्म पनि सुदुर पश्चिमका केहि जिल्लामा विद्धमान छाउपडी प्रथाको कथा फिल्ममा जोडिँदा पहिलो पटक रजस्वला हुँदा २२ दिनसम्म कुनै किशोरीले सुर्यको किरणसम्म देख्न नपाउने गरी गोठमा दिन बिताउन पर्दाको पीडा फिल्मले बोलेको छ । जुन किशोरीको भुमिकामा प्रस्तुत हुँदा नीताले पात्रलाई न्याय गर्दै पस्केको जीवन्त अभिनयलाई प्रिमियरमा फिल्म हेर्ने भिन्न भिन्न क्षेत्रका दिग्गज व्याक्तित्वहरुले गरेको ‘शब्दमा बयान गर्न नमिल्ने’ वाक्यको कमेन्टले नै बोल्छ ।
त्यसो त केहि महिना पहिले अमेरिकामा सम्पन्न ‘सान फ्रान्सिस्को इन्टरनेशनल फिल्म फेस्टिभल’मा ‘पञ्चायत’ स्कृनिङ हुँदा नीताले उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो पक्षमा सुरक्षित गरेकी थिईन् । यो कुराले पनि उनको कामलाई थप प्रष्ट्याउँछ । जसका कारण फिल्ममा उनको अभिनय दमदार भएकोमा शंका नहोला । फिल्म रिलिजको दिन नजिकिँदै गर्दा ढुकढुकी बढ्दै गएको बताउने नीताले दर्शकको पुर्ण साथ र सद्भाव फिल्मले अनि आफुले पाउनेमा आशा अनि विश्वास पोखिन् ।
गरिमा पन्त र झोला जोडेर गरिएको प्रश्नमा जवाफ दिँदै नीता भन्छिन्, ‘उहाँले आफ्नै कथामा न्याय गर्नु भयो मैले मेरो फिल्मले मागेकै कथामा न्याय गरेकी छु, अरु कोहि कसैसँग तुलना भन्दा पनि आफ्नो ठाउँमा वेष्ट दिनु नै मेरो पहिलो प्राथमिकता हो ।’ नीताले फिल्म छायाँकनमा आफै छाउपडीको उदाहरण बन्दाको स्मरण गर्दै घटना सम्झिँदा कहाली लाग्ने बताईन् । मैले सुटिङको समयमा मात्रै भोग्दा त कुन हालत भयो, वास्तविक रुपमै यो पीडा भाग्नेलाई कस्तो भयो होला ? नेपाली समाजको एक कालखण्ड हामीले झल्काउने प्रयास गरेका छौँ, पक्कै पनि आफ्नै समाजको एक समयको यथार्थता बुझ्न दर्शक हलसम्म आउनुहुनेछ ।’
फिल्ममा छाउपडी मात्रै होईन् पञ्चायतकालिन् व्यवस्थामा एक शासकको अधिनमा चल्नुपर्ने समाज र उक्त शासककै शोषणमा पर्ने बालाको भुमिकामा नीता देखिँदा निभाएको उनको रोलले धेरै दर्शकको मन चसक्क पर्नसक्छ । कथा र तत्कालिन समाज अनुसारको क्लाइमेक्समा नीताले अन्त्यसम्म नै दर्शकलाई होल्ड गर्ने सामर्थ्य बोकेकी छिन् ।
अर्को तर्फ यो फिल्म नीताको करियरसँग पनि जोडिएको छ । यसअघि मसान फिल्मबाट नीताले यस्तै चर्चा पाएकी थिईन् । दुबै फिल्म हेर्ने समिक्षक तथा विश्लेषकहरुले ‘पञ्चायत’मा निभाएको उनको भुमिका आजसम्म रिलिज सबै फिल्मको भन्दा उत्कृष्ट बोलेका छन् । नीताले पनि यो फिल्मलाई करियरकै राम्रो दाबी गरेकी छिन् । जुन कुराले ‘पञ्चायत’ नीताको करियरसँग सिधा रुपमा जोडिएको स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टभलमा अवार्ड जितिसकेको उनको भुमिकाले अब नेपाली दर्शकको साथ पर्खेर बसेको छ ।
अर्को तर्फ रिलिज पुर्वको माहोल हलमा पुगेपछि पनि निरन्तर हुने र दर्शकको साथ आशातित पाउने भन्नेकुरा नेपाली फिल्म उद्योगमा सधैं शंकाको विषय बस्छ । यद्धपी निर्माण युनिट भने पुर्णतः आशावादी छ सँगसँगै कलाकारहरुको पनि । त्यसैले फिल्मको दर्शकबाट कस्तो प्रतिक्रिया अनि साथ पाउँछ सँगसँगै कस्तो प्रकारको विजनेस गर्छ र रिलिज पहिलेको गर्मिलो तारिफ नीतासँग कति होल्ड हुन्छ त्यसो लागी केहि दिन पर्खिनु नै उचित हुनेछ । तर रिलिजपुर्वको यो प्रकारको हाईप र चर्चाले फिल्मलाई कहिँकतै सफलताको संकेत दिएको छ ।
गणेश गिरी प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् भने नीतासँगै सरोज खनाल, गणेश गिरी, गीता अधिकारी, रुपा राना, विशाल पहारी, किरण थापा, जानवी बस्नेत लगायत लिड रोलमा छन् । सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदीले पनि लगानीमा साझेदारी गरेका छन् । कथा निर्देशक अधिकारीको नै छ ।