Logo

ट्रेण्डिङको पहिलो नम्बरमा ‘लिलिबिली’ ट्रेलर

प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’को ट्रेलर नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ ।  रिलिजको दुई दिनमा ट्रेलर युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आउँदा हालसम्म करिब ३ लाख ९० हजार पटक हेरिएको छ ।

प्रेमभाव बोल्ने फिल्मको ट्रेलरमा प्रदिप र जसिता मुख्यतः फिचर छन् । ट्रेलरलाई युट्युवमा १३ हजार जनाले लाईक गरेका छन् भने २ हजार बराबर कमेन्ट व्यक्त छन् । ट्रेलरमा अधिकांश कमेन्ट सकारात्मक छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको फिल्मका निर्माता गोविन्द शाही र सुदिप खड्का हुन् । फिल्ममा अनुपबिक्रम शाही, प्रियंका कार्की, सविन श्रेष्ठ, ध्रुबदत्त पनि अभिनयमा छन् ।

Comments