गल्ति स्विकार्दै सलमानमाथीको टिप्पणीमा माग्ने बुढाले मागे माफी
सलमान खान नेपाल नआउँदैमा दुःखी हुनु नपर्ने र देशमा पहिलो प्राथमिकता देशकै कलाकार हुने आशय सहितको स्टाटस लेखेर विवादमा तानिएका हाँस्य कलाकार केदार घिमिरे उर्फ ‘माग्ने बुढा’ले अन्ततः माफी मागेका छन् । हतारमा गल्ती भएको भन्दै सलमान, आयोजक र उनका प्रशंसकहरुसँ क्षमा माग्दछु उनले नयाँ स्टाटसमा लेखेका छन् ।
उनले भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा खुशी सहितको स्टाटस लेखेका थिए । सलमान नेपाल नआउँदैमा दुखी हुनु नपर्ने उनको टिप्पणी थियो । त्यसपछि आफ्नो स्टाटसमा कैयौं कमेन्ट पक्ष विपक्षमा पोखिए, माग्ने बुढाको आलोचना बढि भयो ।
आफुलाई स्टाटस पोस्ट भईसकेपछि एक देशको कलाकारले अर्को देशको कलाकारलाई नकारात्मक टिप्पणी गर्नु गलत भन्दै धेरेले फोन सम्पर्क तथा मेसेज पठाएको भन्दै उनले अन्ततः गल्ती स्विकार सहित माफी मागेका हुन् । पछिल्लो स्टाटसमा लेखेका छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो । सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।’
उल्लेखित स्टाटसमा थप्दै माग्ने बुढाले २ नम्बर बुँदा बनाएर ‘हेपाहा प्रवृत्ति नाजायज नै हो छिमेकी छिमेकी बीच बराबरीको सम्वन्ध हुनुपर्छ । मभन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ ।’ लेखेका छन् । विप्लभ नेतृत्वको माओवादीको अनेकन धम्कीमा बाबजुत आयोजकले सलमानको नेपाल भ्रमणलाई तत्काल स्थगित गरेको छ । बैशाखमा नयाँ कार्यक्रम सहित उनि आउने बताएको छ ।