Logo

भर्जिन कथाको ‘मंगलम’, राजधानी छोड्दा छवि-शिल्पाले के पाए ?

फागुन २५ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मंगलम’ युनिट यतिबेला देश दौडाहामा छ । मोफसलका दर्शकको मनोभावना बुझ्दै प्रतिक्रिया लिँदै अनि प्रचार प्रसार गर्दै निर्माण टिमले पुर्वी नेपालबाट सुरु गरेको यात्रा पश्चिममा पुगेर टुङ्ग्याउँदै छ । बुधबार पोखरा पुगेका निर्माता छविराज ओझा फिल्मीनेपालसँगको संवादमा उत्साहित देखिए ।

‘जिल्ला दौडाहाको आवश्यकता के ?’ जिज्ञासाको उत्तर दिँदै छविले भने, ‘मेरो निर्माणमा बनेका यसअघिका फिल्म भन्दा बाहिर रहेर ‘मंगलम’ बनेको छ र दर्शकलाई एक्सन र मनोरञ्जन मात्रै खोजेर हल नछिर्नुस् भन्ने क्लियर पार्नु थियो, फिल्मले उठान गरेको विषयवस्तुलाई बुझाउनु थियो त्यसकै लागी राजधानी बाहिर आएका हौँ, दर्शक तथा स्थानियहरुले दिनुभएको प्रतिक्रिया, देखाउनु भएको चासोले दङ्ग छु ।’

निर्माता ओझाले आफुले फिल्म निर्माणको चरणमा हालसम्म बनाईसकेका २२ वटा फिल्म भन्दा फरक विषय र कथामा ‘मंगलम’ बनाएको भन्दै २३ औं नम्बरको यो फिल्म र फिल्मको कथालाई भर्जिन र ‘अब्स्ट्रयाक’ बोले। यो पटक एक्सनलाई बाहिर राखेर सामाजिकपना उठाएको छु, सामाजिकता र पारिवारिकता फिल्मले बोल्छ फिल्म हेरिसकेपछि कसैले पनि अनुहार खुम्च्याउनुपर्ने छैन’ ओझा कन्फिडेन्ट देखिए ।

हरेक मानिस भित्रको संवेदना ‘मंगलम’मा जोडिएको छ, पीडा, रोदनसँगै हाँसो सबैलाई सम्बोधन गरेर नै फिल्म निर्माण गरेको हुँ, ओझाले भने, ‘दमक र बिर्तामोडदेखि धरान, हेटौँडा, चितवन हुँदै पोखरासम्म आईपुग्दा फिल्मप्रति व्यक्त भएका चासो, चिन्ता र प्रतिक्षालाई रिलिजपुर्वको सफलता सम्झेको छु ।’

आफु सधैं ‘बरु ढिला गर्ने तर राम्रो गर्ने’ लाईनमा हिँड्दै आएको भन्दै रिलिजको लागी भएको ढिलाईबाट पनि फिल्म कस्तो बनेको छ र मेहनत कति लागेको छ भन्ने कुरा प्रष्टिने उनको तर्क छ । निर्देशक नवल नेपालको कामलाई ‘सल्यूट’ भन्दै अभिनेता पुष्प खड्का र पृथ्वीराजसँगै अभिनेत्री शिल्पा पोखरेलको कामबाट दर्शक बिचलित हुन नपर्ने उनको दाबी छ ।

Comments