Logo

प्रशान्तले रिबन काटेपछि सुरु भयो सामुयल डाइरेक्टको यात्रा

खलपात्रको रुपमा परिचित प्रशान्त ताम्राकार पछिल्लो पटक फिल्म अभिनयमा व्यस्त नाम हो । यी ‘हेण्डसम हङ्क’ पछिल्लो समय फिल्मसँगै अन्य कार्यक्रममा पनि आफुलाई व्यस्त बनाउँदै आएका छन् । उदाहरणतः शनिबार नयाँ बजारको खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुम उद्घाटन कार्यक्रममा प्रशान्त देखिए ।

शो रुम उद्घाटनमा प्रशान्तलाई अभिनेत्री,निर्मात्री सुस्मिता बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य,हर्षिका श्रेष्ठ, कमली वाइवालगायतले साथ दिएका थिए । व्यवसायी सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको चर्चित ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभरलगायतका उत्पादनहरु पाइन्छ ।

लामो समयको बेलायत बसाइमा मेमोरी फर्म र सामुयल डाइरेक्ट ब्रान्डबारे प्रचुर ज्ञान हासिल गरि नेपालमा पहिलोपटक उक्त ब्राण्डका उत्पादनको बिक्री सुरु गरेको जानकारी सज्जाले दिइन् । बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने दाबी उनको छ ।

प्रशान्तले सामुयल डाइरेक्टका प्रोडक्टहरु नेपाली बजारमा लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आफू पनि यस ब्राण्डप्रति आकर्षित भएको बताए । अभिनेत्री सुस्मिता बम्जनले नेपालका लागि नयाँ भए पनि सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपीयन बजारमा निकै चर्चित रहेको बताइन् । व्यवसायी सज्जाले बिस्तारै देशका अन्य शहरमा पनि शो रुम बिस्तार गर्ने योजना रहेको सुनाइन् ।

Comments