कबिरको प्रेममा मरिस्का, यस्तो बनेर आयो ‘लम्फू’ गीत (भिडियो)
बैशाख २८ लाई रिलिज तार्गेट गरिएको फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलिज भएको छ । सार्वजनिक भिडियोमा मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठ पनि छिन् । त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा देख्न सकिन्छ ।
प्रेमिल जोडीले प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । चलचित्रका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका रहेको छ । फिल्ममा कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।
एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव वरीपरी फिल्म घुम्ने निर्देशक लामिछानेले बताए । लामिछानेका अनुसार जीन्दगी जिउने सन्दर्भमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ ।
‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन्, जसमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको फिल्ममा पुनम गौतमले कस्ट्युम डिजाईन गरेकी छन् ।