‘ब्रेकअप’ लाइनअप कन्फर्मः आशिर र शिल्पाको प्रेममा सलोन र सरोजको इन्ट्री
रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस् को प्रस्तुतीमा बन्ने गरी यसअघि नै निर्माण घोषणा भएको फिल्म ‘ब्रेकअप’को स्टारिङ लाइनअप कन्फर्म भएको छ । यहि फागुन २५ गतेबाट फ्लोरमा जाने तयारी सहित निर्माता रोहित अधिकारीले प्रमुख कलाकारहरु सार्वजनिक गरेका छन् ।
फिल्ममा यसअघि नै मुख्य अभिनेतामा आशिरमान देशराज जोशी अनुबन्ध भएका थिए भने अभिनेत्रीमा शिल्पा मास्के अनुबन्ध भएकी थिइन् । अब भने अन्य कलाकारको पनि टुंगो लागेको छ । फिल्मको लिड अभिनयमा आशिर र शिल्पासँगै सरोज खनाल, रेमनदास श्रेष्ठ, सलोन बस्नेत र इच्छा कार्की रहने पक्का भएको हो । निर्माता अधिकारीले सबै कलाकारसँग सम्झौता भईसकेको बताए ।
ईच्छाको लागी ‘ब्रेकअप’ डेब्यू फिल्म हुनेछ । त्यसो त यो प्रोजेक्टमा अनुबन्धको समयमा न्यू फेस बनेकी शिल्पाले यसअघि नै अर्को एक फिल्म गरिसकेकी छिन् । हेमराज बिसीको निर्देशनमा बन्ने फिल्ममा लिड अभिनेता आशिरमानले बिसीकै अघिल्लो प्रोजेक्ट ‘ग्याङ्गस्टर ब्लूज’बाट डेब्यू गरेका थिए । आशिर नेपाली फिल्म उद्योगमा पछिल्लो पुस्ताका संभावनावान अभिनेतामा गरिन्छन् ।
फिल्मको ५० प्रतिशत छायाँकन प्रयटकिय नगरी पोखरामा हुनेछ भने ५० प्रतिशत छायाँकन अष्ट्रेलियामा गरिने निर्माण टिमले बताएको छ । नेपाल छायाँकन सकाएपछि ‘ब्रेकअप’ कंगारूको देश टिम अष्ट्रेलिया मुभ हुनेछ । फिल्ममा रोहितसँगै दीपक खतिवडा, रेनु राणा र रुपक थापाले लगानीमा साझेदारी गरेका छन् । नरेन्द्र मैनालीले खिच्ने फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।