‘ऐश्वर्य’पछि व्यस्त प्रशान्त, रोजे २ करोड लगानीको ‘रणवीर’
पछिल्लो रिलिज फिल्म ‘ऐश्वर्य’बाट चर्चा बढाएका कलाकार प्रशान्त ताम्राकारलाई यतिबेला निर्माता निर्देशकको खोजी बढेको छ । उक्त फिल्ममा उनले निभाएको खलपात्रको भूमिकाले हिरोलाई समेत छायाँमा पार्यो त्यसयता उनलाई फिल्मको स्कृप्टको ओहिरो लागेको छ । प्रशान्त यस्तै सुनिन्छन् ।
यो बीचमा छानेर मात्रै स्कृप्ट एसेप्ट गरेको बताउने प्रशान्त अर्को बर्षको मध्यसम्मलाई ‘रिजर्भ’ भइसकेका छन् । यो बीचमा उनीसम्म पुग्ने निर्माता निर्देशकको लागी समय नभएको र आफु चाहिँने भए केहि समय पर्खिनुस् प्रशान्तको यस्तो जवाफ सुरु हुन थालिसकेको छ । केहि दिन पहिले मात्रै ‘रानीमहल’ नामको फिल्मको कथा बङ्ग्याइएको भन्दै हात झिकेका प्रशान्त हालै २ करोड बढि लागतको फिल्म ‘रणवीर’मा आबद्ध भएका छन् ।
आइतबार मात्रै उक्त फिल्मको औपचारिक निर्माण घोषणा भयो । यो फिल्ममा प्रशान्त लिड अभिनयमा छन् तर हिरोमा होइन् खलपात्र मै । पछिल्लो समय खलपात्रमा ‘बिकाउ फेस’मा अग्र पङ्गतीमा आउने प्रशान्तसँगै उक्त फिल्ममा सुशिल सिटौला, सुभेच्छा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, टीका भपहारी, रवि गिरी लगायतका कलाकार लिड रोलमा छन् । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको यो फिल्ममा लगानी रहनेछ ।
एक्सन, कमेडी र रोमान्स जानरामा निर्माण हुने फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने भएका हुन् । कथा पनि उनैले लेखेका हुन् । काठमाडौं, धनगढी, महेन्द्रनगर, डढेलधुरा लगायतका स्थानमा छायांकन हुने फिल्मछिट्टै नै फ्लोरमा जाने बताइएको छ । एक सोझो र मेहनती युवाको दैनिकी चल्दै गर्दा त्यसमा आउने उतारचढावलाई फिल्मले बोल्नेछ ।