Logo

दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी शिलान्यास, तयार हुन १० बर्ष लाग्ने

नेपाल सरकारको तर्फबाट घोषणा भएको लामो समयको गुरु योजना अन्तर्गतको अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण कार्य अन्ततः शुरु भएको छ । तत्कालिन सुचना ताथ संचार मन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा दोलखाको डाङडुङ्गे डाँडामा फिल्म सिटी शिलान्यास गरियो ।

झण्डै समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको लाँकुरी भञ्जाङ भनिने डाङ्डुङे डाँडामा फिल्म सिटी निर्माण हुन लागेको हो । चलचित्र विकास बोर्डको समन्वयनमा फिल्म सिटी निर्माण हुनेछ । जहाँ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा चलचित्रकर्मी तथा अन्य विभिन्न क्षेत्रका मानिसहरु फिल्म सिटी निर्माणमा जुटीरहेका छन् ।

शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्राष्ट्रिय जगतमै आकर्षक थलो बन्ने विश्वास व्यक्त गरे । नेपाली फिल्म मेकरहरुलाई मात्र हैन विदेशी फिल्म मेकरहरुलाई लक्षितगरी आवास गृहसहित चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बोर्ड अध्यक्ष पौडेलले सुनाइन् । ‘तसर्थ फिल्म सिटी निर्माण नेपाल सरकारले मात्रै निर्माण संभव छैन्, निर्माणका लागि केही दिनमै नेपाली र विदेशी कम्पनीहरुलाई समावेश गर्ने योजना सहति टेण्डर आह्वान गरिनेछ ।’ निकिताले भनिन् ।

५ देखि १० बर्ष भित्र निर्माण पुरा गर्ने ल्क्ष्यका साथ निर्माण हुने फिल्म सीटी भित्र विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्त स्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना तयार गरिसकिएको छ ।

यो स्थलको वरपर त्रिपुरासुन्दरी, कालिञ्चोक र भीमेश्वरलगायतका धार्मिक आस्थाका केन्द्रहरु समेत रहेको फिल्म सिटी खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि पुग्न सकिन्छ । सेतीदेवी सामुदायिक वनको एक हजार ५०० क्षेत्रफल भित्र फिल्म सिटी निर्माण हुनेछ ।

Comments