Logo

‘कृ’ बिजनेसमाथी सुस्मिताको कटाक्ष, फिल्म हेरेर दिईन् यस्तो प्रतिक्रिया

गत शुक्रबार बाट प्रदर्शनमा आएको फिल्म ‘कृ’ दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा फिल्मले राम्रो बिजनेस गरेको भन्दै बिहिबार साँझ निर्माण टिमले व्यापारिक रिपोर्ट सार्वजनिक गर्यो । फिल्मले ६ दिनमा झण्डै साढे पाँच करोड बराबरको ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण टिमले मिडियालाई दियो ।

यतिबेला ‘कृ’ को पहिलो हप्ताको कलेक्सन बाहिर आउँदै गर्दा उक्त फिल्ममा निर्माता भुवन केसीकी पुर्व पत्नि तथा लिड एक्टर अनमो केसीकी आमा सुस्मिताले भने अस्विकार गर्दै कटाक्ष हानेकी छिन् । सुस्मिताले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘कृ’ बिजनेसलाई हावामा उडाएकी छिन् ।

फिल्मको बिजनेस बाहिर आएजति नभएको र निर्मातालाई डेढ करोड बराबर घाटा नै भएको भन्दै सुस्मिता लेख्छिन्, ‘के नाटक गरिरा होला ? कति हाँस्नु, नाफा भएपनि कसले माग्छ , घाटा भए पनि कसले दिन्छ ? चुपचाप बसे भै हाल्यो नी !’ एक पचास जति गयो त, हामी सबलाई थाहा छ भन्दै नगएको र आएको भन्दै कसलाई उल्लु बनाको होला ? प्रश्न समेत उनले स्टाटसमा पोखेकी छिन् ।

३ करोड ५० लाखमा बनेको फिल्मको करिब डेढ करोड घाटा भएकोमा त्यसलाई युरोप छायाँकनमा जाँदा भुवनले जीया केसी सँगै लैजाँदा भएको डेटले परिपुर्ती गरेको सुस्मिताको कटाक्ष छ । अन्त्यमा ‘टेन्सन फ्री, टेन्सन फ्री लेख्दै चल्दैछ सेकेण्ड वीकमा एटिएम सुगर ड्याडीको सुगर फ्री भन्दै भुवनलाई व्यङ्ग्य समेत गरेकी मात्रै छैनन् भुवनलाई मुर्गा समेत लेखेकी छिन् ।

यस्तो छ सुस्मिताको स्टाटसः

यसैबीच ‘कृ’ हेरिसकेपछि सुस्मिताले छोरा अनमोलको काम बाहेक फिल्मको कुनै पनि पक्ष मन नपरेको बताएकी छिन् । सुस्मिताले फिल्मको निर्देशकिय तथा स्कृप्ट र स्कृनप्ले पाटोमा कुनै होमवर्क नपुगेको भन्दै हाइ बजेटमा बनेको फिल्ममा पैसा कता खर्च भए छ भनेर पत्ता लगाउँदै छु भन्दै ब्यङ्ग्य पनि गरिन् । उनले फिल्ममा अनमोलको मात्र होमवर्क र हार्ड वर्क देखिएको प्रतिक्रिया ‘कृ’ प्रति दिएकी छिन् ।

Comments