Logo

अनावश्यक गसिपले तनावमा प्रियंका

भनिन्छ, जसको नाम बढि बिक्छ, जसलाई कोहि कसैले बढि फलो गर्छन् उसैको चर्चा परिचर्चा प्रायः भइरहन्छ । सायद अभिनेत्री प्रियंका कार्कीको हकमा पनि यो लागु भइराख्छ । त्यसैले त पटक पटक जसो मिडियामा अनि सामाजिक सञ्जालमा अनेक प्रकारका कन्टेन्टसँग जोडिएर प्रियंकाका समाचार अनि गसिप बन्छन् । तर नखाएको बिष कहाँ लाग्छ र भन्ने उखान जस्तै ‘हुँदै नभएका अनावश्यक कुराहरुसँग जोडिएर गसिप बन्दा कसलाई पो तनाब हुँदैन र ? यतिबेला यस्तै प्रकारको कन्टेन्टको शिकार बनेकी छिन् अभिनेत्री प्रियंका ।

नेपाली फिल्म उद्योगकी नम्बर वान अभिनेत्रीको ट्याग पाएकी यी सुन्दरी केहि दिन पहिले प्रेमी अभिनेता आयुष्मान देशराज जोशीसँग पहिलो भ्यालेन्टाइन मनाउन कम्बोडिया पुगिन् । उनि उतै रहँदा नेपालमा भने यो जोडीलाई लिएर अनेक प्रकारका समाचारहरु बने । नेपाली रंगिन दुनियाँको ‘नम्बर वान कपल’को ट्याग पाएको यो जोडीको बारेमा सायदै कोहि बेखबर होलान् तर उनै प्रियंका र आयुष्मानलाई लिएर यस्ता गसिप बने जसले प्रियंका आयुषलाई ‘भ्याकेसन टुर’मा पनि तनाब नै थप्यो रे प्रियंका यसै भन्छिन् ।

यतिबेला मिडियामा आएको कम्बोडियामा पुग्दा बुनेको ‘प्रियंका र आयुष्मानको इन्गेजमेन्ट प्लानिङ फेल’ भएको भन्ने गसिपले आफुलाई आश्चर्यचकित बनाएको सँगै तनाब थपेको प्रियंकाको तर्क छ । ‘हाम्रो रिलेशनसिप ओपन भईसकेको छ, बिहे होस् या इन्गेज्मेन्ट मलाई लुकिछिपी गर्नु नै छैन्, प्रियंकाले भनिन्, ‘इन्गेजमेन्ट मेरो जीवनकै स्पेशल डे हुनेछ, जुन कुरा मैले पहिले नै घोषणा गरेर पब्लिक्ली गर्नेछु, त्यो दिन मेरो जीवनकै हेप्पीएस्ट डे हुनेछ ।’

आफुहरुको रिलेशनलाई दुबै परिवारले स्विकार गरिसकेको र अहिले नै बिहे र इन्गेज्मेन्टलाई कुनै हतार नभएको भन्दै प्रियंकाले यदि कम्बोडिया मै इन्गेजमेन्ट गर्ने भए बाबा ममी लिएर परिवारको उपस्थितीमा गर्ने थिईनँ र ? उल्टै प्रतिप्रश्न गरिन् । आफुहरु दुबै जना यतिबेला करियर स्थापितकै समयमा रहेको र फेमिली प्लानिङको कुरा धेरै परको भन्दै यतिबेलाको ओपन अनि ‘रेष्टपेक्टफूल’ रिलेशन मा नै आफुलाई गर्व लागेको उनले तर्क गरिन् ।

आफ्नो लागी सबैभन्दा महत्वपुर्ण पुरुष बुबा र भाई रहेको भन्दै आयुष्मानले हालको दिनसम्म अमेरिकामा रहँदै आएको भाईलाई नभेटेको सँगै आयुष र भाईको भेटघाट र सहमतिमा मात्रै बिहे र इन्गेज्मेन्ट मितिको बारेमा आफुले सोच्ने उनले बताइन् । प्रियंकाले पछिल्लो पटक सोसियल मिडिया र केहि अनलाईन मिडियाहरुमा आएका गसिपहरुलाई गलत अर्थमा नबुझ्न फ्यान तथा सुभचिन्तकहरुलाई आग्रह पनि गरेकी छिन् । सोसियल मिडियामा हरेक पल एक्टिभ भइरहने प्रियंकाले आजसम्म आफुले पाएको स्थान र बनेको लेभल सबै फ्यान र ‘वेल विसर’हरुको कारण नै सम्भव भएको भन्दै यति आफ्नो जीवनको कुनै पनि पक्ष बाहिर आउँदा स्वयंम आफुले सिधा घोषणा गरेर बाहिर ल्याउने बताइन् । सँगै उनले थपिन्, ‘त्यो बेला मेरो जीवन र करियरसँग जोडिने कुरा गसिप बन्ने छैन्, सिधा सुचना र जानकारी बन्नेछ ।’

‘भ्याकेसन टुर’कै छेकोमा महिनौं पहिलेको प्रियंका र आयुष्मानकी आमा रविना देशराज जोशीको तश्विरलाई जोडेर भिन्न प्रकारको समाचार एक मिडियाले लेखेपछि त्यो कुराले पनि आफुहरुलाई दुःखी बनाएको उनको तर्क छ । फोटो पत्रकार श्रीधर पौडेलसँगको व्याक्तिगत सम्बन्ध र बुझाईमा भ्यालेन्टाइन तश्विर खिचाएको र उक्त तश्विर फरक कन्टेन्टमा प्रयोग भएकोमा समेत उनले कोहि कसैले पनि नराम्रो अर्थ नलगाउन आग्रह गरेकी छिन् ।

(तश्विरहरुः सामाजिक सञ्जाल)

Comments