सर्वाधिक महंगो रकम लिँदै ‘जोय पपैया’को ब्राण्ड एम्वेस्डर बनिन् अदिती
प्रदर्शनरत फिल्म ‘कृ’ डेब्यू गर्ल अदिती बुढाथोकी नेपालमा मात्र होईन दक्षिण एसिया मै परिचित नाम बनिसकेको छ । पछिल्लो १ बर्षयता उनि अनेक प्रकारका कन्टेन्टहरुसँग जोडिएर मिडियामा आईरहेकी छिन् । वलिउड मिडियाहरुले समेत उनको शारिरिक बनावट र अभिनय कलालाई लिएर मसला बनाईरहँदा नेपालमा डेब्यू फिल्मले उनलाई थप हाईप दियो जसले उनको चर्चासँगै खोजी पनि बढाएको छ ।
बिहिबार मात्रै उनी ‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया ब्राण्डको नेपालको लागी एम्वेस्डर नियुक्त भएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपालको लागि जोय कम्पनीका एकमात्र आधिकारिक विक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केसी र अभिनेत्री बुढाथोकीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।
ब्राण्ड एम्वेसडर बनिसकेपछिकार्यक्रममा बोल्दै बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले छालालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई स्वस्थता प्रदान गर्दै चम्किलो बनाउने हुनाले आफुले वर्षौंदेखि प्रयोग गर्दै आएको मात्र खुलाईनन् सबै नेपाली महिला तथा पुरुषहरुलाई प्रयोग गर्न आग्रह पनि गरिन् ।
यसअघि नै भारतका विभिन्न ब्राण्डहरुको एम्वेस्डर बनिसकेकी अदितीले नेपालको लागी उत्कृष्ट भारतिय उत्पादन मध्येको एक कम्पनिको एम्वेस्डर बन्नु आफ्नो लागी खुशीको कुरा रहेको समेत बताइन् । अदितीको फिल्म ‘कृ’ रिलिज पहिले नै यो प्रोडक्टको लागी सम्झौता भइसकेको बताइएको छ । तर अन्तिम सम्झौता भने मिडियामाझ बिहिबार गरिएको हो ।
श्रोतका अनुसार यो ब्राण्डको एम्वेस्डर बन्दै गर्दा अदितीले १० लाख नेपाली रुपैयाँ लिएकी छिन् । अदितीले भने चित्तबुझ्दो पारिश्रमिकमा नियुक्त भएको भन्दै रकम यति नै हो भनेर खुलाउन चाहिनन् । पछिल्लो समय कुनै पनि ब्राण्डको एम्वेस्डर बन्दै गर्दा जो कोहि नेपाली अभिनेत्री तथा मोडलले पाएको पारिश्रमिक संभवतः यो सबैभन्दा बढि हो ।