Logo

‘कृ’ ६ दिने बिजनेस सार्वजनिक, निर्माताले दिए नाफाको संकेत

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कृ’को निर्माण टिमले आधिकारिक भन्दै पहिलो ६ दिनको बिजनेस तथ्याङ्क सार्वजनिक गरेको छ । राजधानीमा एक प्रेस भेटघाटको आयोजना सहित फिल्मको वक्स अफिस कलेक्सन सार्वजनिक गरिएको हो । प्राप्त विवरण अनुसार रिलिजको ६ दिनमा ‘कृ’ले ५ करोड ४० लाख माथीको ग्रस बिजनेस गरेको छ ।

फिल्मले पहिलो दिन राजधानीबाट ५१ लाख ११ हजार ६ सय ८६ त्यस्तै मोफसलबाट ४४ लाख ५३ हजार ५ सय ६२ रुपैयाँ ग्रस कलेक्सन गर्दा शनिबार मोफसलबाट ८३ लाख ४१ हजार ४ सय १२ रुपैयाँ र उपत्यकाबाट ९४ लाख २३ हजार ३ सय ५१रुपैयाँ कलेक्सन गरेको प्राप्त रिपोर्टमा उल्लेख छ ।

day wise collection of KRI

प्राप्त रिपोर्ट हेर्दा फिल्मको नेट कलेक्सक पहिलो हप्ताभरमा २ करोड पुग नपुग देखिएको छ । निर्माता सुबास गिरीले हालसम्म हलबाट प्राप्त शेयरसँगै विदेश तथा डिजिटल राइट्सबाट प्राप्त ८० लाख र ब्राण्ड पार्टनरबाट प्राप्त ५० लाखले फिल्मको लगानी सुरक्षित भएको दाबी गरेका छन् । उपत्यकाको वितरण अधिकार आफ्नै भएको र त्यसबाट बचाउ हुने रकमले ‘सेफ साइड’ राखेको उनको भनाई छ । सोहि आधारमा निर्माता गिरीले प्रदर्शनको दोश्रो शुक्रबार (भोली)बाट फिल्म नाफाको बाटोमा जाने बताए ।

अनमोल केसी, अदिती बुढाथोकी, अनुपबिक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना लगायत लिड रोलमा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्म हलमा प्रदर्शनको क्रममा रहि रहँदा मिश्रित प्रतिक्रिया पाईरहेको छ । ‘कृ’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने निर्माणमा गिरीसँग भुवन केसीले साझेदारी गरेका छन् ।

Comments