Logo

चम्कियो अनमोलको स्टारडम, ‘कृ’ देशैभर हाउसफूल

शुक्रबार कमजोर ओपनिङको आलोचनाका बीच युवा स्टार अनमोल केसीको स्टारडम शनिबार प्रमाणित भएको छ । अनमोल स्टारर फिल्म ‘कृ’ शनिबार देशैभर हाउसफूल बनेको छ । हल-हलमा दर्शकको भिड हुँदा राजधानीको अष्टनारायण हलका सबै पर्दा हाउसफूल बनेपछि दर्शक फर्केको दृश्य समेत देखियो । अष्टनारायणमा बलिउड फिल्म ‘प्याडम्यान’लाई पनि ‘कृ’ले रिप्लेस गरेको छ ।

उपत्यकाका सबैजसो हल ‘कृ’ हेर्ने दर्शकले भरिएका छन् । मल्टिप्लेक्समा पनि शो सुरु हुनु पहिले नै हाउसफूलको नोटिस राखिएको छ । बिहानी तथा दिवा शोजहरु ‘कृ’मय बन्दा शनिबार साँझ तथा रात्रिकालिन शोजहरु समेत अग्रिम बुकिङले पुर्ण भएका छन् । राजधानी बाहिरका मल्टिप्लेक्समा पनि दर्शक भरिभराउ पाइएको छ ।

उपत्यकामा यो समाचार तयार पार्दासम्म सम्पन्न तथा सुरु भएसकेका शोजहरुमा फिल्मले सत प्रतिशत अकुपेन्सी कायम गरेको छ भने मल्टिप्लेक्समा रात्रिकालिन शोजहरु पनि अग्रिम बुकिङ भइसक्दा सत प्रतिशत अकुपेन्सी होल्ड छ । मोफसलमा फिल्मको औसत अकुपेन्सी ८० प्रतिशत आसपास छ ।

यसैबीच शनिबार दिउँसो स्टार अभिनेता अनमोल सहितको ‘कृ’ टिम दर्शकसँग सिधा साक्षातको लागी हलमा पुगेको छ । जतिबेला अनमोललाई नजिकबाट भेट्दा उनको नाममा अनमोल- अनमोलको हुटिङ दर्शकले दिए, नजिक र टाढाबाट सेल्फी पनि लिए । अनमोल राजधानीको गोपिकृष्ण तथा अष्टनारायण लगायतका हलमा पुगेका थिए ।

सुरेन्द्र पौडेल निर्देशित फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । हलमा युवा दर्शकको बाहुल्यता देखिँदा उनको सँगै खलपात्रको रुपमा रहेका अभिनेता अनुपबिक्रम शाहिको अभिनयको तारिफ बढि पाइएको छ, सँगसँगै सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको कामलाई दर्शकले प्रशंसा गरेका छन् । अभिनेत्री अदिती बुढाथोकी पनि दर्शकको आँखामा परेकी छिन् ।

भुवन केसी र सुबास गिरीले निर्माण गरेको फिल्मको आधिकारिक ब्यापारिक आंकडा प्राप्त छैन् । फिल्मले शनिबार मात्रै १ करोड माथीको ग्रस बिजनेस गर्ने अनुमान गरिएको छ । शुक्रबारको कलेक्सन पनि सार्वजनिक छैन् । ३ करोड बढि लागतमा निर्माण भएको फिल्मले लगानी सुरक्षित गर्नको लागी आइतबारपछिका दिनमा पनि यो प्रकारको दर्शकको साथ कायम राख्नुपर्ने बाध्यता छ ।

अनमोल र अनुपलाई तारिफ, जान्नुहोस् ‘कृ’ को ओपनिङ बिजनेस (वक्सअफिस)

 

Comments