द्वन्द्व निर्देशक राजेन्द्र खड्गी प्रहरी नियन्त्रणमा
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । मानव तस्करीको आरोप सहित उनि बिरुद्ध परेको उजुरी उपर छानबिनको लागी प्रहरीले खड्गीलाई बिहिबार ठमेलबाट पक्राउ गरेको हो । उनि यतिबेला प्रहरी नियन्त्रणमा छन् ।
दक्षिण कोरियामा हुने विभिन्न कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम लिएर विभिन्न व्याक्तीहरुलाई कोरिया पठाउने र उतै लुकाउने गरेको आरोप सहित उनि बिरुद्ध उजुरी परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खड्गीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएको आरोप समेत उनलाई लागेको छ । खड्गीमाथी अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको बताईएको छ । खड्गीलाई पक्राउसँगै सिने वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।