Logo

साम्राज्ञीले नखेलेको फिल्ममा नै छैन गाउँले कथा !

पछिल्लो हप्ताभर चर्चा परिचर्चा चल्यो अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले एक फिल्म खेल्न नचाहेको भन्ने प्रसंङ्ग । आफुले बोल्दै नबोलेको र जोडिँदै नजोडिएको प्रसङ्गलाई जोडेर समाचार बनेको भन्दै आपत्ति सहित साम्राज्ञीले फेसबुकमा स्पष्टिकरण समेत दिईन् । विषय बनाईएको थियो, ‘साम्राज्ञीले गाउँले पात्र मन नपर्ने भन्दै फिल्म नै खेल्न नमानेको ।’

अब भने कथाले नयाँ मोड लिएको छ कि साम्राज्ञीले समय अभावमा खेल्न नसकेको दाबी गरिएको उक्त फिल्मको बिहिबार औपचारिक निर्माण घोषणा भएको छ । अशोक शर्माको निर्देशनमा ‘जय भोले’ नाममा बन्ने उक्त फिल्मको कथा नै गाउँले नरहेको बताइएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा ‘गाउँले भुमिका नगर्ने’ भन्दै साम्राज्ञीले प्रोजेक्ट नै छोडेको भन्ने गसिपलाई लिएर मिडियाकर्मीले गरेको प्रश्नमा जवाफ दिँदै निर्माता तथा निर्देशक शर्माले भने, ‘हाम्रो फिल्ममा गाउँले कथा नै छैन्, यो फिल्म ‘स्माल सिटी’को कथामा बन्दैछ ।’ उनले साम्राज्ञी र आफ्नो फिल्मसँग जोडिएर आएका समाचारलाई खण्डन पनि गरे । साम्राज्ञीसँग एक पटक कुरा मात्र भएको तर उनले स्कृप्ट पनि नपढेको र खेल्दिन पनि नभनेको शर्माले स्पष्ट पारे ।

‘हाम्रो पहिलो रोजाईमा स्वस्तिमा खड्का नै थिइन्, यो बीचमा एक फिल्मकर्मीको आग्रहमा साम्राज्ञीसँग एक भेट मात्रै भएको हो, तर फिल्म खेल्ने, नखेल्ने, गाउँले र शहरिया भन्ने कुनै कथा प्रसङ्गको कुरा नै भएको थिएन’, शर्माले प्रष्ट्याए । ‘उनको तत्काललाई समय नभएको कुरा आयो, उता ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मको लागी विदेश रहनेसम्मको कुरा आएपछि हाम्रो फिल्मको कुरा नै अघि बढेको थिएन, शर्माले भने, ‘बजारका हल्ला गलत हुन् ।’

उता स्वस्तिमाले पनि कसैले छोडेको र रोजेको कुरासँग आफ्नो सरोकार नरहने भन्दै कथावस्तु मन परेकोले काम गर्न लागेको बताइन् । सिनियर कलाकारहरुसँग अनि टिमसँग काम गर्न पाउँदा सिक्ने अबसरसम्म आफुलाई मिल्ने भन्दै राम्रो नतिजा लिएर दर्शकमाझ आउने दाबी गरिन् ।

  यो पनिः

‘गाउँले मन नपर्ने’ भाइरल काण्डमा बोलिन् साम्राज्ञी

‘जय भोले’ निर्माण घोषणा, स्वस्तिमाको रोमान्स को सँग ?

Comments