Logo

साम्राज्ञीको ट्याटु हंगामा, पोष्ट हटाउन ब्वाईफ्रेण्डले लेखे यस्तो सन्देश

यतिबेला सामाजिक सञ्जालदेखि मिडियासम्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पछिल्लो पटक सार्वजनिक गरेको एक तश्विर भाइरल बनिरहेको छ । फिलिपिन्समा रहेकी यी सुन्दरीले फ्लोरमा रहेको फिल्म ‘कायरा’को लागी संवेदनशिल अंग नजिक एक ट्याटु खोपेको तश्विर इन्ष्ट्राग्राममा पोष्ट गरिन् । त्यसपछि सोहि तश्विर एकाएक भाइरल बन्यो ।

साम्राज्ञीले दायाँ बक्षस्थलसँगै देखिनेगरी खोपेको ट्याटुसहितको तश्विरले हंगामा मच्चाइरहँदा केहि मिडियामा उनले भुलवस उक्त पोष्ट सामाजिक सञ्जालमा आएको र आफुले सार्वजनिक नगरेको दाबी सहितका स्पष्टिकरण समेत दिईसकेकी छिन् । उनले ‘कायरा’ फिल्मकै लागी उक्त ट्याटु खोपाएको स्विकार पनि गरेकी छिन् ।

साम्राज्ञीले ट्याटु आर्टिस्टले आफ्नो पेजमा राख्न भन्दै तश्विर लिएको र सोहि तश्विर आफ्नो फेस सहित सामाजिक सञ्जालसम्म आएको भन्दै यसलाइ गलत अर्थमा नबुझ्न अनुरोध पनि गरेकी छिन् । तर यसको तनाब साम्राज्ञीलाई भन्दा बढि उनका ब्वाईफ्रेण्ड मयंक खड्कालाई परेको छ । उनले फेसबुक म्यासेन्जरमा सन्देश छाड्दै उक्त तश्विर हटाउन विभिन्न पेज तथा ग्रुपका एडमिनहरुलाई अनुरोध गरेका छन् ।

मयंकले साम्राज्ञीको तश्विर पोस्ट भएपश्चात मेसेज गर्दै उक्त तश्विर र त्योसँग सम्बन्धित सबै पोष्ट डिलिट गरिदिन आग्रह गरेको एक एसएमएस पनि बाहिर आएको छ । मयंकले ‘ब्रो इफ यू डन्ट माइण्ड कुड यू प्लिज रिमुभ दी साम्राज्ञी’स पोष्ट फ्रम एमएमआर’ भनेर पठाएको सन्देश समेत फेसबुक ग्रुपमा पोष्ट भइको छ ।

केहि हप्ता पहिले फिलिपिन्स पुगेकी साम्राज्ञी फिल्म ‘कायरा’मा अभिनेता आर्यन सिग्देलसँग अन स्कृन रोमान्समा व्यस्त छिन् । फिल्म अभिनयदेखि पहिरनसम्मको कारण प्रायः मिडिया तथा सामाजिक सञ्जालमा चर्चामा रहिरहने साम्राज्ञीको पछिल्लो पटक भाइरल तश्विर पनि त्यसैको निरन्तरता बनेको छ ।

Comments