जलजलाको जीवन रक्षामा एञ्जिलाको पाइला, सहयोग सँगै ‘च्यारिटी शो’को घोषणा
सुमधुर स्वरकी धनि प्रतिभावान कलाकार जलजला परियार यतिबेला दुबै मृगौला खराब भएर अस्पतालको शैयामा जीवन मरणको दोशाधमा छिन् । उनै जलजलाको जीवन रक्षामा यतिबेला विभिन्न अभियानहरु सुरु भएका छन् देशविदेशबाट सहयोगी हातहरु एक भइरहेका छन् । यो बीचमा गायिका एञ्जिला रेग्मीले पनि आफ्नो हात अघि बढाएकी छिन् ।
आर्थिक अवस्था कमजोर भएको परियार परिवारले छोरी जलजलाको जीवन रक्षाको लागी सबैसँग अपिल गरिसक्दा केहि दिन पहिले अस्पतालमै पुगेर भेट्दै स्वास्थ्य अवस्थाको बारेमा बुझेकी एञ्जिलाले व्याक्तिगत रुपमा २० हजार रुपैयाँ उनकी आमालाई हस्तान्तरण गरिन् । सँगसँगै जलजलाको उपचार सहयोगार्थ चितवनमा सांगितिक कार्यक्रम गर्ने निर्णयमा पुगिन् ।
एञ्जिलाको पहलमा चितवनको नारायणगढमा हुन लागेको माघ २७ गते हुने सांगितिक कार्यक्रमको लागी ‘बेटर चितवन’, ‘मिस सी स्टार चितवन टिम’, लियो क्लब नारायणगढ चित्रवन एक ठाउँमा उभिएका छन् । टिकट प्रणालिमा सम्पन्न हुने उक्त कार्यक्रमबाट संकलन हुने सबै रकम जलजलाको उपचार सहयोगको लागी हस्तान्तरण गरिने एञ्जिलाले बताइन् ।
कार्यक्रममा एञ्जिलासँगै केहि महिना पहिले सम्पन्न रियालिटी शो नेपाल आइडलमा सहभागी भएर चर्चामा आएका अफ्सर अली, सुजाता पाण्डेसँगै गायकहरु सुजन चापागाईं, महेन्द्र बराल, अभिषेक भण्डारी र सुवास तिम्सिनाले प्रस्तुती दिनेछन् । एञ्जिलाले देशको गहना मानिने उदयिमान कलाकार जलजलाको जीवन रक्षाको लागी सबैसँग अपिल पनि गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत पनि आफ्नो कदमलाई निरन्तर अघि बढाइरहेकी छिन् ।
जलजला परियारलाई सहयोग गर्न चाहनु हुन्छ भने ग्लोबल आई एमई बैकमा जलजलाका पिता नारायण बहादुर दर्जीको नाममा रहेको खाता नम्बर ३५०७०१०००३५७६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । जलजलाका पिता नारायण बहादुर दर्जीलाई सिधा सम्पर्क गर्नको लागि वहाँको मोबाईल नम्बर ९८४३६०३००५ हो । सकिन्छ सहयोग गरौं, नसके सेयर गर्रौ, धन्यवाद ।