आँचललाई सिन्दुर हाल्न पल तयार हुँदा फ्यानले के लेखे ?
चैत्र ९ बाट रिलिजको तयारीमा रहेको फिल्म ‘शत्रु गते’को दोश्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीतले माहोल गर्माउँदै गर्दा निर्माण टिमले दोश्रो गीत बाहिर ल्याएको हो ।
सार्वजनिक ‘पिरतीको बर्को’ बोलको गीतमा अभिनेता पल शाह र आँचल शर्मा फिचरिङमा छन् । पल र आँचलको जोडी गीतमा राम्रै जमेको छ । लभ अफेयरको गसिपले बजार गर्माईरहँदा पल र आँचल एकसाथ रहेर आएको यो गीतले पुनः एकपटक सिने उद्योगमा तरङ्ग निकाल्ने निश्चित छ ।
सार्वजनिक गीतमा इनिसियल रुपमा सकारात्मक प्रतिक्रिया दर्शकले पोखेका छन् । धेरैले गीतलाई ‘वाउ र सुपर’ लेख्दा पल र कालिप्रसादका फ्यानहरुले आफ्नो आफ्नो पक्षमा हाजिर मागेका छन् भने गीतलाई ‘अवासम’ भन्दै कोरियोग्राफीको तारिफका शब्द पनि कमेन्टमा व्यक्त छन् । कोरिया नेपाल नामको तर्फबाट युट्युवमा व्यक्त कमेन्टमा ‘लास्टै न पर्यो’ लेखिएको छ ।
पल र आँचलको जोडीलाई लिएर पोखिएका सयौँ कमेन्टमा ‘सुपर’ लेखिएको पाइएको छ भने पल र आँचलले बिहे गर्नुपर्छ जोडी जम्छ भन्ने कमेन्ट पनि उत्तिकै छन् । गीतको शब्दलाई लिएर पनि धेरै दर्शकले उत्कृष्ट कमेन्ट लेखेका छन् । अधिकांश कमेन्टमा ‘शत्रु गते’ फिल्मलाई ‘गुड लक’ लेखिएको छ ।
गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी छ भने स्वर संगीत कालिप्रसाद बाँस्कोटाको छ । अर्जुन भट्टराईले लेखेको शब्दलाई धेरैले मन पराइसकेका छन् । प्रदिप भट्टराईको निर्देशनमा यो फिल्म तयार भएको छ । मह सञ्चारले फिल्म निर्माण गरेको हो ।
पल र आँचलसँगै दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौड्याल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौड्याल, प्रियंका कार्की लगायत फिल्ममा लिड अभिनयमा छन् । फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् भने क्यामेरा दिर्घ गुरुङले चलाएका छन् ।