Logo

रिलिज अगाबै श्वेताको ‘कान्छी’ले रच्यो किर्तिमान

फिल्म ‘कान्छी’मा समावेश गीत ‘चरी चट्ट परी’ले रिलिज पुर्व रेकर्ड राखेको छ । युट्युव रिलिजको छोटो समयमा पनि फिल्म रिलिज पहिले नै युट्युवमा १ करोड बढि भ्यूज पाउने गीतको सुचीमा यो गीत परेको छ । श्वेता खड्का र दयाहाङ राईले कम्मर मर्काएको गीतलाई हालसम्म १ करोड १५ हजार बढि पटक हेरिएको छ ।

फिल्म रिलिज नजिकिँदै गर्दा ‘कान्छी’मा समावेश गीतलाई दर्शक तथा शुभचिन्तकहरुले देखाएको मायाले निर्माण टिमले उत्साहित बताएको छ । फिल्मको केहि दिन पहिले रिलिज ट्रेलर पनि युट्युवमा लोकप्रिय बनिरहेको छ । अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले रिलिजपुर्व दर्शकले दिनुभएको यो प्रकारको माया हलमा फिल्म आएपछि पनि निरन्तर रहनेमा विश्वास व्यक्त गरिन् ।

आकाश अधिकारी निर्देशित फिल्म फागुन ४ लाई रिलिज पर्खेर बसेको छ । केहि बर्षको विश्रामपछि पर्दामा पुनरागमन गर्दै गरेकी श्वेताको यो फिल्मप्रति उनका फ्यानसँगै नेपाली फिल्म चिन्तकहरुले प्रतिक्षाका शब्दहरु दिनहुँ व्यक्त गर्दै आइरहेका छन् । फिल्ममा श्वेता र दयाहाङसँगै प्रज्वल सुजल गिरी, अनु शाह, भुमिका श्रेष्ठ, कामेश्चर चौरासिया लगायत लिड रोलमा छन् ।

Comments