‘पिंजडा ब्याक अगेन’ जापानमा रेड कार्पेट प्रिमियर
नेपाली हलमा प्रदर्शनरत फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो विदेश प्रिमियर जापानमा सम्पन्न भएको छ । एक्सन स्टार निखिल उप्रेती, निर्देशक हिमाल केसीसँगै अभिनेत्री सञ्चिता लुईंटेलको उपस्थितीमा फिल्मको जापान प्रिमियर सम्पन्न भयो । रेड कार्पेट प्रिमियरमा निखिल आकर्षणको केन्द्र बने ।
टोकियो शहरमा भएको प्रिमियरमा सयौं नेपाली दर्शकले निखिलसँगै फिल्म हेरेका थिए । ‘क्लासिक युथ जापानको आयोजनामा सम्पन्न प्रिमियरमा फिल्म हेर्ने दर्शकले मन पराए, निखिलसँगै अभिनेत्री सारा शिर्पालीको मुक्त कण्ठले तारिफ गरे’, निर्देशक हिमाल केसीको भनाइ छ ।
फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् । श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइ र विना थापाको मुख्य भुमिका छ ।