ट्रेण्डिङमा अनमोल नै अनमोल !
बर्ष २०७४ कै सर्वाधिक प्रतिक्षित बनेको फिल्म ‘कृ’ रिलिज मिति जति नजिकिँदै छ त्यति नै यो फिल्म प्रति दर्शकको उत्साह पनि । त्यसैले त यतिबेला जताततै चर्चा छ ‘कृ’ को अनि यसका लिड अभिनेता युवा स्टार अनमोल केसीको । यतिबेला सामाजिक सञ्जालमा अनमोल र अनमोलसँग जोडिएका कन्टेन्टहरु भाइरल बनेका छन् ।
संसारमा सर्वाधिक प्रयोग हुने सोसियल नेटवर्क युट्युवको नेपाल ट्रेण्डिङ हेर्ने हो भने ‘टप फाइभ’ मै अनमोललाई तीन ठाउँमा भेट्न सकिन्छ । अनमोलले नेपाली युट्युव ट्रेण्डिङको पहिलो पाँच कब्जा गरेका छन् । जहाँ विभिन्न च्यानलहरुमा उनले दिएका फरक फरक अन्तर्वार्ता जोडिएका छन् । कतै अनमोल र ‘कृ’ गर्ल अदिती बुढाथोकीको बिहे गसिप त कतै किस को चर्चा ।
त्यसको केहि तल माउस स्कोर्ल गर्दै जानुस् केहि भिडियो पछि नै अनमोल फिचर ‘कृ’ फिल्मको यतियति पानी बोलको गीत २१ नम्बर ट्रेण्डिङमा भेटिन्छ भने त्यो सँगसँगै महंगा गडी चढ्ने नेपाली कलाकार भन्दै अनमोलको तश्विर जोडिएको अर्को भिडियो पनि भेट्न सकिन्छ ।
माघ २६ मा रिलिज हुने ‘कृ’ को प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै चर्चा र गसिप अनमोलको बनिरहेको छ । नेपालमा हालसम्म कुनै पनि फिल्म रिलिज हुनै लाग्दा त्यससँग जोडिएका लिड कलाकारको बारेमा यति धेरै चासो र उनले जमाएको स्थान सायदै पहिलो हो । त्यसैले त अनमोललाई मिल्दै आएको स्टार अनि सुपरस्टारको ट्यागलाई न्याय गरेको छ ।
भनिन्छ, अनमोल नेपाली फिल्म उद्योगमा नामै काफी छ । हो, यो शब्द जस्तै नै भएका छन् अनमोल ट्रेण्टिङमा आएका मात्र होईन ट्रेण्डिङमा नरहेका उनीसँग सम्बन्धित पछिल्लो केहि दिनयता अपलोड भएका युट्युव कन्टेन्टहरु हेर्ने हो भने त्यहाँ लाखौं भिजिट देख्न सकिन्छ । पछिल्लो तीन दिनमा मात्रै अनमोलसँग जोडिएका कन्टेन्टले ३० लाख बढि भ्यूझ पाएको अनुमान गरिएको छ ।
डेढ बर्ष पछि पर्दामा आउँदै गरेका अनमोलको यो फिल्ममा अदितीसँगै अनुपबिक्रम शाहि, कामेश्वर चौरासिया, सरोज खनाल लगायत लिड रोलमा छन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्मको यसअघि सार्वजनिक ट्रेलर तथा गीतले चर्चा तथा लोकप्रियता दिन प्रतिदिन बढाउँदै लगेको छ । फिल्मले ओपनिङमा गर्ने बिजनेसलाई लिएर यतिबेला अड्कल बाजी सुरु भइसकेको छ ।