Logo

हुर्रे आइटम गीतः पशुपतिमा छल्कियो नीताको कामुकता (भिडियो)

फागुन २५ बाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’मा समावेश दोश्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतले दर्शकमाझ लोकप्रियता बढाउँदै गर्दा निर्माण टिमले दोश्रो गीत रिलिज गर्यो । ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कामुक नृत्य गरेकी छिन् । गीतको भिडियो पनि पशुपति मन्दिर आसपास खिचिएको छ ।

आईतबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा नीताले लाइभ नृत्य पस्किन् । मिडियाकर्मीको क्यामेरामाझ नीताले कम्मर मर्काउँदै सक्कली ट्याटु देखाइन् । गीतमा देखिएको पिठ्यूँमा खोपिएको नक्कली भनिन् । फिल्ममा भने उनको अभिनय छैन् ।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, राजाराम पौडेल, बिजय बराल, अनुपबिक्रम शाही, अंकित खड्का लिड अभिनयमा छन् । फिल्मलाई कमेडी जनरा भनिएको छ । शिव ढकालले खिचेको फिल्ममा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको लगानी छ ।

आईतबार सार्वजनिक गीतमा संगीत कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा कालिलाई झुमाले साथ दिएकी छिन् । सविन एकतारेले गीतको शब्द लेखेका हुन् । बिक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् ।

Comments