‘मिस्टर झोले’ले पाँच दिनमा कति कमायो ? (बक्सअफिस)
दयाहाङ राइ स्टारर फिल्म ‘मिस्टर झोले’ले रिलिजको पाँच दिनमा २ करोड बढिको ग्रस बिजनेस गरेको छ । निर्माता टेकेन खड्काबाट प्राप्त तथ्याङ्क अनुसार फिल्मले रिलिजको पहिलो पाँच दिनमा २ करोड २२ लाखको ग्रस बिजनेस गरेको छ ।
सुखद ओपनिङ गरेको फिल्मले रिलिजको तेस्रो दिन परेको माघे संक्रान्तिको बिदाको फाइदा उठाउन सफल रह्यो । उक्त दिन फिल्म प्रदर्शनरत अधिकांश हल हाउसफुल बने । निर्माता खड्काले फिल्मको बिजनेसबाट सन्तुष्टि व्यक्त गरेका छन् । दोश्रो हप्तामा लाग्दै गर्दा मल्टिप्लेक्समा अझै १२ शोज पाईरहेको फिल्मले सिंगल स्कृनमा भन्दा कमाल मल्टिप्लेक्समा गरिरहेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्मलाई दर्शकले मन पराउँदा समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । फिल्मले पाँच दिनसम्म आइपुग्दा उपत्यकाबाट १ करोड ३१ लाख र मोफसलबाट ९१ लाखको ग्रस बिजनेस गरेको दाबी निर्माण टिमले गरेको छ । वितरक गोविन्द शाहीबाट प्राप्त यो तथ्याङ्क निर्माता खड्कले उपलब्ध गराएका हुन् ।
दयाहाङसँगै दिया पुनः, बर्षा राउत, बुद्धि रामाङ, प्रविण खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल लगायत फिल्ममा लिड अभिनयमा छन् । मणिराम पोखरेल फिल्मका सह निर्माता हुन् ।