‘मिस्टर झोले’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई तीन लाख बढि पुरस्कार
पौष २८ बाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’मा समावेश यसअघि नै सार्वजनिक गीत ‘ओखती’को कभर भिडियो प्रतिस्पर्धामा सहभागीहरु मध्ये उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले उत्कृष्ट बनेकाहरुलाई नगदी चेक हस्तान्तरण गर्यो ।
प्रतिस्पर्धामा पोखराको ‘क्रिष्टल क्लाउज क्रु’ ले तयार पारेको भिडियो पहिलो बनेको छ । यो टिमले पुरस्कार स्वरुप १ लाख ५५ हजार रुपैयाँ जितेको छ भने वान सटमा तयार पारिएको ‘किशन एण्ड डान्स क्रु’ को भिडियो दोश्रो र ‘द डाईनामिक क्रु’ तेश्रो बन्दा दुबैले क्रमशः १ लाख २५ हजार र १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतिस्पर्धामा सहभागी २५ भिडियोबाट निर्माण ब्यानर सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनले उत्कृष्ट तीन छनोट गरेको थियो । यो प्रतिस्पर्धाले नयाँ प्रतिभाको प्रष्फुटनमा सँगसँगै फिल्मको प्रचारमा समेत राहत प्रदान गरेको निर्माण टिमको निचोड छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा टेकेन खड्का निर्माता छन् भने रौनकबिक्रम कडेल कार्यकारी निर्मातामाा छन् । दयाहाङ राई, दिया पुनः, वर्षा राउत, बुद्धि तामाङ्ग, प्रविन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय छ ।