दुई दिनमै ‘फिर्के’ पत्तासाफ, कस्तो चल्यो ‘राज्जारानी’ ?
गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्मले कस्तो बिजनेस गरे ? दर्शक तथा फिल्म चिन्तकहरुमा चासोको विषय बन्नसक्छ । कुनै ठुला बलिउड, हलिउड रिलिजको दबाब बिना प्रदर्शनमा आएका दुबै फिल्मको ओपनिङ सुखद रहेन ।
फिर्केः
सुलेमान शंकर ‘इकु’को निर्माणमा बनेको फिल्म दुई दिनमै पत्तासाफ भएको छ । फिल्मको शुक्रबार र शनिबारको कलेक्सन १० लाख पनि छैन् । वितरक गोपालकाजी कायस्थले फिल्मको बिजनेस सन्तोषजनक सम्म नरहेको स्विकार गरे । कमजोर प्रचार नै फिल्मप्रति दर्शक आकर्षण नहुनुको मुख्य कारक बनेको कायस्थको कथन छ ।
मोफसलका एक हल सञ्चालकले बिदाको दिन शनिबारको ‘फिर्के’को बिजनेस दिनभरीको हल खर्चसम्म नउठ्ने रहेको प्रतिक्रिया दिए । राजधानी तथा मोफसल कहिँकतै पनि दर्शक हलमा नआउँदा फिल्म हेर्ने समिक्षकले पनि राम्रो बोलेनन् । हेर्ने दर्शकको वर्ड अफ माउथ पनि कमजोर हुनु फिल्मको बिजनेस साफ हुनुको कारण बन्यो ।
‘फिर्के’मा निर्माता रहेका इकुसँगै अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्जल भण्डारी, पुरन थापा लगायत अभिनयमा छन् । हाँस्य कलाकार रवि डंगोलले फिल्मलाई निर्देशन गरेका हुन् । ग्रामिण भेगको एक युवकले शहर पसेपछि गर्ने संघर्षको कथा फिल्मले बोल्छ ।
यसैबीच यो फिल्मको आइतबार मल्टिप्लेक्स अन्तर्गतको क्युएफएक्समा शो नै बन्द भएको छ । बिहान साढे एघार बजेलाई कुमारी हलमा प्रदान गरेको शो मा एक जना पनि दर्शक नआएपछि बन्द भएको थियो । आइतबारबाटै क्युएफएक्सले फिल्म उतारेको छ ।
राज्जा रानीः
रमेश एमके पौडेलको निर्माणमा बनेको फिल्म ‘राज्जा रानी’ले पनि आशातित ओपनिङ गर्न सकेन । रिलिजको पुर्व सन्ध्यामा आयोजित प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो । तर त्यसको ठुलो प्रभाव हलमा देखिएन । ‘फिर्के’ भन्दा माथी रहेको फिल्मको आधिकारिक कलेक्सन बाहिर नआउँदा सन्तोषजनक मात्रै बिजनेस फिल्मले गरेको छ ।
तराइमा ब्याप्त दाइजो प्रथाको कथा उठाएको फिल्मका लिड कलाकार केकी अधिकारी र नाजिर हुसेनको कामले दर्शकको मन जितेको छ । जीवन्त अभिनय पस्केका दुबैको कामलाई फिल्म हेर्ने दर्शकले तारिफ गरेका छन् । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । स्कृप्ट लेखक थापाको यो डेब्यू निर्देशकिय फिल्म हो ।
केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, अरुण रेग्मी, अनुज पाण्डे, संगिता नापित लगायत ‘राज्जा रानी’मा लिड रोलमा छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
उल्लेखित तथ्यले यो हप्ताको लागी रिलिज दुबै फिल्मले लगानी सम्म उठाउन नसक्ने देखिएको छ । दोश्रो हप्तामा फिल्मले दर्शक तान्ने संभावना कम छ । आउँदो शुक्रबार प्रतिक्षित मानिएका अनि चर्चाका दुई फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रदर्शनको लागी तयार छन् । जसका कारण यो हप्ता ‘फिर्के’ र ‘राज्जा रानी’ फिल्मले पाएका अधिकांश हल दोश्रो सातामा ‘मिस्टर झोले र बटरफ्लाईले कब्जा गर्नेछन् ।