Logo

प्रियंकाको रेट ११ करोड !

अभिनेत्री प्रियंका कार्की रिलिजको फिल्म ‘बटरफ्लाई’लाई लिएर उत्साहित देखिइन् । आईतबार राजधानीमा आयोजित प्रेस भेटघाटमा यी सुन्दरीले फिल्मको पात्रको बारेमा त बोलिन् नै फरक प्रसङ्गमा पारिश्रमिकको बारेमा पनि भिन्न तर्क राखिन् ।

‘ब्याक टु ब्याक’ फिल्म खेलिरहेको पैसाकै लागी हो ? सँगसँगै हरेक फिल्म गर्दा पाउँदै आएको पारिश्रमिकबाट सन्तुष्ट हुनुहुन्छ ? भन्ने मिडियाकर्मीको प्रश्नमा प्रियंकाले जवाफ फर्काइन्, ‘पैसाको पछि लागेर फिल्म खेलेको कहिल्यै छैन्, यदि बलिउडमा जस्तो यहाँ पनि कोहि निर्माताले एउटा फिल्मको ११ करोड दिन्छ भने बर्षभरी त्यो फिल्मलाई मात्र ध्यान दिएर बस्नसक्छु ।’

यो भन्दै गर्दा आफ्नो जवाफलाई प्रियंका आफैले क्रस गरिन्, ‘तर बलिउड जस्तो नेपाली फिल्म उद्योग बनिसकेको छैन् , बिस्तारै त्यो दिन आउनेमा पनि आशावादी छु ।’ आफ्नो फिल्म लगातार जस्तो पर्दामा आउनुमा दोष नभएको भन्दै उनले थपिन्, ‘टाइम एण्ड टाइम’मा गरेका फिल्मका सम्बन्धित निर्माताले नै एकसाथ जस्तो रिलिजलाई उपयुक्त समय रोज्नुहुन्छ भने मेरो भन्नु केहि हुँदैन् ।’

आफुले करियर नै फिल्म र अभिनय क्षेत्र मान्दै आएको र यो बाहेकको कुनै अन्य विजनेस नभएको भन्दै प्रियंकाले उठेदेखि सुत्दासम्म अभिनयको बारेमा मात्र सोच्ने बताइन् । फिल्मको प्रचार प्रसारमा समय नदिएको आरोप छ नी भन्ने प्रश्नमा उनले माथीको लाइनलाई सापटी लिँदै समय मिलेसम्म र भ्याएसम्म सबै ठाउँमा पुग्दै आएको र हरेक फिल्मलाई उत्तिकै माया रहने बताइन् ।

लामो समयसम्म एकसाथ काम गरेका अभिनेता दयाहाङ राईसँग सम्बन्धमा दरार आएको बन्ने प्रसङ्गमा उनले भेटघाटको समय नमिलेको र पछिल्लो पटक एकसाथ फिल्म नगरेको कारण त्यस्तो भान भएको भन्दै सम्बन्ध पहिलेको जस्तै सुमधुर रहेको दाबी गरिन् । ‘बटरफ्लाई’मा आर्यन अधिकारीसँगको कामको कुरा निकाल्दै प्रियंकाले आर्यनलाई नेपाली फिल्म उद्योगको प्रतिभावान अभिनेता बताइन् । प्रियंका र आर्यनको प्रेम कथाको यो फिल्म यहि शुक्रबार अर्थात पौष २८ बाट दर्शकमाझ आउँदैछ ।

तश्विरः कुशल घतानी राई

Comments