Logo

युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा अनमोल

युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’को तीन दिन पहिले रिलिज गीत ‘यति यति पानी’ले नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थान कब्जा गरेको छ । टप थ्रीको उतार चढाव बीच फिल्मको गीतले बुधबार साँझबाट युट्युवमा पहिलो स्थान लिएको हो ।

उक्त पार्टी गीतमा अनमोलले दर्जनौं कोरसको साथमा कम्मर मर्काएका छन् । हालसम्म १९ लाख बढिले हेरेको गीतको संगीत तथा कोरियोग्राफी समेत केहि अन्य गीतहरुसंग मिल्चो जुल्दो भेटिएपछि निर्माण टिमले आलोचना समेत पाएको छ ।

उक्त गीतमा स्वर अल्मोडा राना उप्रेती र मिस्टर आरजेले दिएका छन् ।भने शब्द संगीत पनि आरजेको नै छ । कोरियोग्राफी रेनशआ वान्तवा राइले गरेकी छिन् । गीतलाई युट्युवमा २६ हजार बढिले लाइक गरेका छन् भने ४ हजार बढि कमेन्ट व्यक्त हुँदा अधिकांश दर्शकले राम्रो लेखेका छन् । केहि दर्शकले वलिउड अभिनेता वरुण धवन बन्न खोजेको भन्दै अनमोललाई व्यङ्ग्य गरेका छन् ।

सुरेन्द्र पौडेल निर्देशित फिल्म माघ २६ बाट प्रदर्शनमा आँदैछ । फिल्ममा अनमोलको अपोजिटमा अदिती बुढाथोकी लिड रोलमा छिन् भने प्रमुख भुमिकामा अनुपबिक्रम शाहि, कामेश्वर चौरासियालाई पनि देख्न सकिनेछ । सुवास गिरी र भुवन केसीले फिल्मलाई निर्माण गरेका हुन् ।

Comments