फेरिँदै फिल्मी गीतको स्वाद, लोकभाकाबाट प्रभावित कि ठाडो नक्कल ?
नेपाली फिल्ममा कथा, पटकथादेखी डायलग हु-बहु कपी भएको आरोप लाग्ने कुरा पुरानो भइसकेको छ । मौलिक फिल्म बनाएको दाबी गर्ने निर्माता निर्देशकहरु नै नक्कल गर्न उत्रिँदा आलोचकहरुलाई थप बल पुग्दै आएको छ । यो कुराको निरन्तरता पछिल्लो पटक गीत संगीतसम्म आइपुगेको छ । पुराना सर्जक तथा श्रष्टाहरुको सृजनाबाट होस् या विदेशी संगीतबाट होस्, धेरै फिल्मका गीत नक्कलपुर्ण आउन थालेका छन् ।
यसैको निरन्तरता पछिल्लो हप्ता रिलिज दुई फिल्म ‘सत्रुगते’ र ‘कृ’को गीतमा भयो । रिलिजको केहि दिनमा नै १० लाख बढिले हेरिसकेका दुबै फिल्मका गीतमा प्रयोग भएको संगीत पुराना नेपाली गीतहरुबाट नै प्रभावित छ । ‘कृ’ गीतमा त कताकता वलिउडका विभिन्न फिल्मका गीतहरुको गन्ध आउँछ । ‘कृ’ गीतको ‘र्याप’ वलिउड फिल्म ‘हम्टी शर्माकी दुल्हनियाँ’को ‘स्याटर्डे स्याटर्डे’सँग ठ्याक्कै मिल्छ । कोरियोग्राफी पनि कहिँकतै उस्तै लाग्ने देखिन्छ ।
भने उक्त गीतमा प्रयोग भएका शब्दहरु अग्नी ब्याण्डको तर्फबाट बर्षौ पहिले सार्वजनिक ‘यती यती पानी’बाट लिइएका छन् । फिल्मको लय पनि उस्तै छ । तर निर्माण टिम तथा संगीतकार कसैले पनि पुराना सर्जकलाई क्रेडिट दिएका छैनन् । पछिल्लो पटक पुराना गीतहरुलाई रिमिक्स गर्दै आउँदा ‘कपीक्याट’ संगीतकारको ट्याग पाएका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीले यो गीतमा संगीत एरेञ्ज गरेका छन् । शब्द संगीत मिस्टर आरजेको लेखिएको छ ।
उता केहि दिन पहिले रिलिज ‘शत्रुगते’ फिल्मको गीत ‘रुपै मोहनी’ पुराना संगीतकार तथा लोक गायक कुमार बस्नेतको लोक फ्लेभरको गीत ‘रौसी खान जाम’सँग ठ्याक्कै मिल्छ । बस्नेतको उक्त गीत सुनिसक्दा ‘रुपै मोहनी’ दुरुस्तै लाग्छ । ‘शत्रुगते’ को उक्त गीतमा संगीत भरेका टंक बुढाथोकीले पनि यो गीत तयार गरेर बाहिर आउँदा सम्म कुमार बस्नेतलाई ‘क्रेटिड’ दिन चाहेनन् न त फिल्म निर्माण टिमले नै दियो ।
नेपाली ठुलोपर्दामा बिग ब्यानर मानिने अनि भेट्रान निर्माताहरु जोडिएका यस्ता फिल्महरुमा नै यो प्रकारको नक्कल हुँदा नेपाली गीत संगीतमा भोलीको दिनमा आउने परिवर्तनमा आशा गर्ने ठाउँ हराउँदै गइरहेको छ ।
त्यसो त उल्लेखित संगीतकार द्वय टंक बुढाथोकी र अल्मोडा दुबैले यसअघि सार्वजनिक विभिन्न गीतमा नै संगीत चोरीको आरोप खेपिसकेका छन् । अल्मोडा पछिल्लो पटक ‘छक्का पञ्जा २’ को नाइलनको साडीमा गीतमा कपी काण्डमा राम्रै फसेका थिए भने टंक पनि धेरै पहिलेदेखि यो प्रकारको काण्डमा मुछिइसकेका छन् ।
रुपै मोहनीः
यति यति पानी: