रिलिजको फिल्म छाडेर बर्षाको अष्ट्रेलिया टूर !
फिल्म ‘मिस्टर झोले’ यहि पौष २८ बाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको छेकोमा निर्माण टिम प्रचार प्रसारमा लागिरहँदा फिल्मका लिड हिरोइन नै मैदानमा छैनन् । अभिनेत्री बर्षा राउत केहि दिन पहिले मात्रै अष्ट्रेलिया पुगेकी छिन् । फिल्म रिलिजसम्म पनि उनि फर्किने छैनन् ।
फिल्म रिलिजको समयमा मुख्यतः कलाकारले दर्शकलाई बुझाउन छाड्ने सन्देश तथा फिल्म र आफ्नो पात्रको बारेमा दिने जानकारीले प्रचारमा खास अर्थ राख्नसक्छ । तर लिड त्यसमा पनि पछिल्लो समयकी चल्तीकी हिरोइनमा गनिने वर्षा देशबाटै बाहिर हुँदा निर्माण टिम अभिनेता दयाहाङ राइ मात्र लिएर मिडियामाझ आयो ।
मंगलबार राजधानीमा आयोजित एक प्रेस भेटघाटमा फिल्मका कलाकारको रुपमा दयाहाङ एक्लै उपस्थित थिए जहाँकी डबिङमा व्यस्त भएको भन्दै निर्देशक रामबाबु गुरुङ पनि कार्यक्रम सकिएपछि मात्रै देखिए । जसका कारण नै लिड कलाकार बीनाको प्रचारात्मक कार्यक्रममा निर्माता द्वय टेकेन खड्का र रौनक बिक्रम कडेल केहि दबाबमा देखिन्थे ।
वर्षाको फिल्म प्रचारको छेकोमा नै अष्ट्रेलिया पुग्ने निर्णयले निर्माण टिम पक्का पनि अफ्ठ्यारोमा त पक्कै छ तर टिमका एक सदस्य मणिराम पोखरेल भने आफुहरुसँगको सल्लाह र सहमतिमा नै वर्षा अष्ट्रेलिया प्रस्थान गरेको बताए । ‘मंसिरमा फिल्म रिलिजको चर्चा हुँदा उनि प्रचारलाई हिँड्न तयार थिइन्, तर हाम्रो रिलिज पौषलाई सर्यो जुन समय पहिले नै बर्षाको अष्ट्रेलिया टूर तय भइसकेकोले उनि त्यता लागेकी हुन्’,पोखरेलले थपे ‘प्रचारमा उनको अभाव महसुस हुन दिनेछैनौँ ।
उता अर्की अभिनेत्री दिया पुनः पनि यतिबेला लण्डनमा छिन् । उनि भने केहि दिनमा नै नेपाल आउने निर्माण टिमले बताएको छ । फिल्मका लिड कलाकार बिजय बराल, प्रविण खतिवडा, बुद्धि तामाङ लगायत पनि फिल्मको प्रचारमा सकृय छैनन् । केहि हप्ता पहिले सार्वजनिक ट्रेलर र त्यो पनि रिलिज गीतले भने फिल्मको माहोल गर्माइसकेको छ ।