Logo

सय करोड क्लबमा ‘टाइगर जिन्दा है’, तेस्रो दिनको विजनेसमा नयाँ रेकर्ड

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘टाइगर जिन्दा है’ले बलिउड बक्सअफिसमा १ सय करोडको माइलस्टोन पार गरेको फिल्म रिलिजको तीन दिनमा फिल्मले १ सय १० करोड माथीको बिजनेस गरेको छ । फिल्मले आइतबार मात्रै ४२ करोड माथीको बिजनेस गर्यो ।

रिलिजको तेस्रो दिन तथा आइतबार अहिलेसम्म बलिउडमा रिलिज कुनै पनि फिल्मले गरेको बिजनेसमा यो सर्वाधिक उच्च हो । पहिलो दिन ३४ करोड माथीको बिजनेस गरेको फिल्मले दोश्रो दिन ३६ करोड आसपास कमाइ गरेको हो । उच्च वर्ड अफ माउथले फिल्मको दिन प्रतिदिन बिजनेस बढिरहेको छ । सोमबार परेको क्रिशमसको दिन ४२ भन्दा पनि माथीको बिजनेस गर्ने अनुमान गरिएको छ ।

अलि अब्बास जफार निर्देशित फिल्ममा सलमान खान र कट्रिना कैफ लिड रोलमा छन् । एक्सन जनराको फिल्मले राष्ट्रप्रेम पनि बोलेको छ । भारत र पाकिस्तानको पछिल्लो समय चिसिँदो सम्बन्धमा पनि फिल्मले सलमानका फ्यानहरुमा सम्बन्ध सुधारपुर्ण काम गरेको छ ।

Comments