सलमानको ‘टाइगर जिन्दा है’लाइ दुइ दिनमै ७० करोड !
बम्पर ओपनिङ गरेको बलिउड फिल्म ‘टाइगर जिन्दा है’ले दुइ दिनमै ७० करोड आसपासको विजनेस गरेको छ । पहिल दिन ३५ करोड आसपास बिजनेस गरेको फिल्मले दोश्रो दिन ३५ करोड ३० लाख बढिको बिजनेस गर्यो ।
आइतबार भारतमा सार्वजनिक बिदाको दिन हुँदै गर्दा भोली अर्थात सोमबार पनि क्रिसमसको बिदा छ । फिल्मले आइतबार मात्रै ३८ देखि ४० करोडको बिजनेस गरेको अनुमान बलिउड ट्रेड एनालाइसिस हरुले गरेका छन् । जुन बिजनेसको निरन्तरता क्रिसमसको दिन पनि हुनेछ । फिल्मले आइतबारको बिजनेसबाट तीन दिनमै १ सय करोड माथीको विजनेस गर्नेछ ।
उच्च माउथ पब्लिसिटी पाएको फिल्मलाई हेर्ने सबैजसो दर्शकले ‘वाहि’ भनेका छन् । अलि अब्बास जफार निर्देशित फिल्म बलिउडमा २०१७ मा रिलिज सबै फिल्म भन्दा ब्लकवस्टर हुने आनुमान गरिएको छ । ‘टाइगर जिन्दा है’ मा सलमान खान र कट्रिना कैफ लिड रोलमा छन् ।