Logo

हरेक फिल्ममा नयाँ हिरोइनः माग कथाको कि अनमोलको ?

युवा स्टारबाट सुपरस्टारको दर्जा पाएका अनमोल केसीले हालसम्म जम्मा पाँच वटा फिल्म खेलेका छन् । वक्सअफिसमा सबै फिल्म सुपरहिट सुचीमा छन् । नेपालमा यतिबेला कोहि कलाकारका लगातार फिल्म हिट हुन्छन् र नाममै टिकट बिक्छ भने त्यो नाम अनमोल केसी मात्रै हो, यो भन्दा अत्युक्ती हुँदैन् ।

anmol kc and aana sharma in jerry

उनै अनमोलले जति फिल्ममा काम गरे सबैमा फरक फरक अनुहारसँग स्कृन सेयर गरेका छन् या भनौं नयाँ नयाँ अभिनेत्रीहरुसँग मात्रै रोमान्स गरेका छन् । यसैले त चर्चा चल्छ अनमोल केसी हरेक पटक नयाँ हिरोइन खोज्छन् । प्रायः फिल्ममा हिरोले भन्दा पनि कथा (स्कृप्ट) या त निर्देशक र निर्माण ब्यानरले हिरोइन चयन गर्छ तर अनमोलको हकमा उनि आफैँ नयाँ अनुहार खोज्छन् भन्ने चर्चा बढि हुन्छ । आखिर अनमोल नै खोज्छन् त नयाँ अनुहार ?

anmol kc and samragyee rl shah in dreams

अनमोल निकट श्रोत भन्छ, अनमोलले कहिल्यै यो या त्यो अथवा भनौँ नयाँ अभिनेत्रीसँग मात्र रोमान्स गर्छु भन्दैनन् । उनि संलग्न हुने फिल्मको कथा प्रायः त्यस्तै भइदिन्छ ‘लेडिज क्यारेक्टर’ले न्यू फेस माग्छ त्यसैले सबैमा नयाँ अभिनेत्रीको उदय हुन्छ, अनमोलको अपोजिटमा ।

anmol kc and aditi budhathoki in cri

अनमोल परिवार निकट मानिने स्कृप्ट लेखक सामिप्यराज तिमिल्सिनाले नयाँ तर्क गरे, ‘अनमोलसँग यसअघि काम गरेका केहि अभिनेत्रीहरु पर्दामा उनि भन्दा बढि उमेरको देखिए, सामाजिक सञ्जालदेखि हलमा पुग्दासम्म दिदीसँग रोमान्स गरेको आरोप पनि लाग्यो, त्यसैले पर्दामा फिट हुने जोडी खोज्दा नै नयाँ अनुहार जोडिन्छ ।’ चकलेटी लुक्सका अनमोल पर्दामा अहिलेसम्म किशोर नै देखिन्छन् त्यसैले पनि चल्तीका अनि केहि फिल्म खेलिसकेका हिरोइनहरु उनिसँग फिट नहुने कारण नै पटक पटक नयाँ अनुहारलाई अबसर दिनुपरेको सामिप्यको भनाइ छ ।

anmol kc and shristi shrestha in gajalu

त्यसो त यसअघि ‘गाजलु’ अभिनेत्री सृष्टि श्रेष्ठसँगको जोडीलाइ दिदी भाइको जोडी भनेर पनि हल्ला गरिएको थियो भने भर्खरै रिलिज फिल्म ‘कृ’मा पनि अदिती बुढाथोकीसँग जोडी नजमेको चर्चा सुरु भइसकेको छ । जुन कुराले सामिप्यको भनाइलाई बल थपेको छ । अनमोलले यसपछि ‘क्याप्टेन’ मा पनि डेब्यू गर्ल उपासना सिंह ठकुरीसँग जोडी बाँध्ने चर्चा छ । अझै कहिलेसम्म अनमोल नयाँ अभिनेत्रीसँग हुन्छन् त्यो भने समयले बताउनेछ ।

Comments