Logo

‘राज्जा रानी’ प्रचारलाई स्कुल उद्घाटनमा केकी !

भारतको प्रख्यात स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा सुरु भएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापना भएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजि पुस्कर कार्की र अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले सनिवार संयुक्त रुपमा गरे ।

प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बताए । भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो । यस स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई पुरा गरेको छ ।

स्यानफोर्र्ट प्रि–स्कुलका धेरै विशेषताहरु रहेका छन् । यस स्कुलका कक्षाकोठाहरु रंगिन क्रियाकलाप केन्द्रीत रहेका छन् । त्यसैगरी स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपुर्ण भएका कारण यस स्कुल वालवालिकाका लागि सपनाको घर जस्तै साबित भएको छ । यहाँ पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी छ जसका कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेसमा विकसित भएका पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न सहज हुनेछ ।

स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ । यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिमप्राप्त गरेका छन् । जसका कारण पनि उनीहरुलाई स्कुलमा पढाइ हुने पाठ्यक्रम कार्यान्वयनमा सहयोग पुर्याएको छ ।

स्कुलले निकट भविस्यमै अन्य धेरै शाखा सञ्चालनगर्ने योजना बनाएको छ । काठमाडौंको विशालनगर मार्ग स्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षा दिने प्रतिवद्धता ब्यक्त गरे । यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने निर्देशकहरुको दाबी छ ।

रिलिजको क्रमा रहेको फिल्म ‘राज्जा रानी’को प्रचारमा पनि साथ मिल्ने भएपछि आयोजकको आग्रहलाई स्विकार गर्दै केकी स्कुल उद्घाटनमा पुगेकी थिईन् । उनको यो फिल्म यहि पौष २१ मा रिलिज हुँदैछ ।

Comments