Logo

विकास बोर्डमै निकितालाई अघोषित बहिष्कार

काम चलाउमा परिणत भइसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले केहि दिन पहिले मात्रै चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डमा निकिता पौडेललाई अध्यक्ष नियुक्त गरेपछि यो बारेमा धेरै टिकाटिप्पणी सुरु मात्र भएन् भर्खरै सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले सो सहितका सबै निर्णय नयाँ सरकारले उल्ट्याउने घोषणा पनि गर्यो ।

काम चलाउ बनेको सरकारले कानुन मिच्दै गरेको दाबी गरिएका निर्णयहरु विवादास्पद बन्दै जाँदा चलचित्र विकास वोर्डमा नव नियुक्त अध्यक्षलाई असहयोग मात्रै होइन बहिष्कार नै गरिएको छ । एमाले सरकार रहँदा नियुक्ती खाएका तीन जना वोर्ड सदस्यले निकितालाई कुनै हालतमा अध्यक्ष स्विकार गर्न नसकिने भन्दै वोर्ड जानै बन्द गरेका छन् । जाँदै गर्दा ‘अध्यक्ष ज्यू’ भनेर सम्बोधन गर्न कार्यक्षमा पुगेका छैनन् ।

फिल्मीनेपालसँगको कुराकानीमा तीन मध्येका एक सदस्य उत्तम केसीले आफ्नो पार्टीको नीति विपरित जान नसक्ने भन्दै पार्टीले निर्णय प्रक्रियाको सुरुमै असहमति जनाउँदै विज्ञप्ति निकालिसकेकोले त्यसैलाई शिरोपर गरि नयाँ अध्यक्षसँग सहकार्य गर्न नसकिने निर्णयमा आफुहरु पुगेको बताए ।

सदस्य उत्तम केसी

‘भोलीको दिनमा नयाँ सरकार कसको आउँछ र त्यसले कुन कदम चाल्छ त्यसको पर्खाइमा छौँ’, केसीले भने, ‘हामी बिना नै उहाँले मन्त्रालयका पदाधीकारी जम्मा गरेर चारवटा बैठक बसिसक्नुभएको छ, जुन नीतिसंगत छैन्, ठुला निर्णय भएमा त्यसको सिधा बिरोधमा हामी लाग्छौँ ।’ अध्यक्षका ‘विङ्ग्स’ मानिने सदस्यहरु बिनाको बैठक र त्यसबाट हुने कुनै पनि निर्णयको तुक नभएको केसीले दाबी गरे । उनले निकितालाई व्याक्तिगत रुपमा नभइ अहिलेको सरकारले गरेको निर्णयको नीतिगत बिरोधमा आफुहरु लागेको बताए ।

त्यसो त निकिता पौडेल वोर्ड अध्यक्ष बने पश्चात वोर्डमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा पनि केसी सहितका अन्य दुबै सदस्य नरेन्द्र महर्जन र अशोक प्यासी राइ उपस्थित थिएनन् । एमाले पार्टिको ठाडो निर्देशनमा कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको वोर्ड अध्यक्षलाई अघोषित बहिष्कार तथा असहयोगको निर्णयमा तीनै सदस्य पुगेको श्रोत बताउँछ ।

र यो पनिः

चलचित्र विकास वोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

Comments