यस्तो छ ‘टाइगर जिन्दा है’ पहिलो दिने कलेक्सन
सलमान खान र कट्रिना कैफ स्टारर बलिउड फिल्म ‘टाइगर जिन्दा है’ ले बम्पर ओपनिङ गरेको छ । भारतमा ४६ सय स्कृनमा एकसाथ रिलिज यो फिल्मले पहिलो दिन ३४ करोड१० लाखको विजनेस गर्यो ।
पहिलो दिनको यो कमाइ २०१७ सालको लागी भने दोश्रो उच्च हो । यसअघि ‘बाहुबली २’ को हिन्दी संस्करणले ४१ करोडको बिजनेस गरेको थियो । राम्रो सुरुवात हुँदा पनि सलमानको यसअघि रिलिज ‘सुल्तान’ रेकर्ड भने ब्रेक भएन । सुल्तानले पहिलो दिन ३६ करोड ५४ लाखको बिजनेस गरेको थियो ।
‘एक था टाइगर’ सिक्वेलको बिजनेसलाई बलिउड मिडियाले सलमानको ठुलो सफलता भनेका छन् । वलिउडका वक्सअफिस किङ मानिने तीन खान (सलमान, शाहरुख, आमिर) का यो बर्ष रिलिज फिल्मको भन्दा उच्च ओपनिङ यो फिल्मले गरेको छ । शुक्रबार बिदा नहुँदै गर्दा भएको यो कलेक्सनलाई रेकर्ड मानिएको छ भने उच्च वर्ड अफ माउथ पाएको तथा समिक्षकको नजरमा उत्कृष्ट कहलिएको फिल्मले विकेण्ड कलेक्सनमा याँ किर्तिमानी कायम गर्ने आँकलन गरिएको छ ।
सलमान, कट्रिना तथा परेस रावल लगायत लिड रोलमा रहेको फिल्म एक्सन प्रधान छ । एक्सनसँगै राष्ट्रप्रेमको सन्देश बोलेको फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् । आइतबार पर्ने बिदा तथा क्रिसमसको दिन २५ तारिखको बिदामा फिल्मले अर्को रेकर्डेवल विजनेस गर्ने अनुमान गरिएको छ ।