Logo

किन हेर्ने दिपेश र समिताको ‘मन त परदेशी’ ?

फिल्म ‘मन त परदेशी’ यहि पौष १४ मा रिलिज हुँदैछ । रिलिजको छेकोमा निर्माण टिमले पत्रकार भेटघाट गर्दै फिल्म र योसँग जोडिएका विषयवस्तुहरुको बारेमा जानकारी गरायो ।

रोजगारीको लागी अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्मलाई देव नेपालले निर्देशन गरेका हुन् । पत्रकार भेटघाटमा निर्माता दुर्गा बहादुर खड्का , नायिका दिपेशराज पाण्डे र नायिका समिता गिरि उपस्थित थिए ।

‘फिल्ममा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौ’ निर्माता खड्का भन्छन ’फिल्म हेरिरहदा आफ्नै कथा महसुश हुन्छ ।’ यस्तै फिल्मले संदेश मात्र नभई मनोरंजन पनि दिने दिपेश बताउछन । ’हामीले कथा मार्फत सचेत त गराउछौ नै साथै मनोरंजन पनि दिन्छौ’ दिपेश थप्छन ’फिल्मको लागि मेहनत गरेका छौ , आश छ दर्शकलाई मन पर्छ ।’

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मार्फत समिता पनि आश्वादी छिन । ’बाहिर भएको शो मार्फत राम्रो प्रतिक्रिया पाएकी छु’ समिता थप्छिन ’दर्शकले अभिनयले निराश बनाउदैन ।’ पुश्कर सुनुवारले संगीत भरेका छन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् ।

Comments