Logo

म्युजिक भिडियोमा नयाँ प्रयोगः यस्तो बन्यो निशानको छटपटी

नेपाली संगीत उद्योगमा भिडियो सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निशान घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियो सोमबार सार्वजनिक भएको छ । करिब ८ बर्षपछि घिमिरेले गीतको म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियो सम्पादनमा अब्बल रहेका घिमिरेको निर्देशनमा बनेको उक्त गतिको भिडियो सामान्यतया अहिले बनेका गीतहरुको भिडियो भन्दा बिल्कुलै फरक शैलिको रहेको छ ।

उनले गीतमा अभिनय गरेका पात्रहरुमा धेरै कुराहरुको नयाँ प्रयोग समेत गरेका छन् । उनले पात्रहरुको प्रस्तुति तथा उनीहरु भेषभुषामा समेत निकै ध्यान दिएर भिडियो निर्माण गरेको जानकारी समेत गराए । घिमिरेको निर्देशनमा तयार भएको उक्त भिडियोले नेपाली संगीतबजारमा छुट्टै छाप छोड्न सक्ने धेरैले अनुमान समेत लगाएका छन् । भिडियोको सबैभन्दा रोचक पक्ष भनेको पात्रहरुलाई प्रयोग गरेको विम्व वास्तविक जस्तै देखिएको कुरा हो ।


आठ बर्षपछि घिमिरेले निर्देशन गरेको सो गीतमा आबाज सन्तोष कालिकोटेको रहेको छ भने उनलाई बाल कलाकार सामयोग कालिकोटेले पनि साथ दिएका छन् । गायक सन्तोष कालिकोटे लामो समय शास्त्रीय संगीतको साधना पश्चात गायनमा लागेका व्यक्ति हुन्। उनको बेजोड गायकीले देखाउछकी भोलि उनी मै हु भन्ने नेपाली गायकहरुका लागि चुनौती बन्ने लगभग पक्का जस्तै छ ।

गायक कालीकोटे नेपाली संगीत बजारका एक उदाउदा नक्षत्र हुन भन्नेमा कुनै दुईमत छैन । त्यस्तै, संगीत क्षेत्रका हस्ती गोपाल रसाइलीको संगीत संयोजन रहेको उक्त गीतमा डम्मर हिङमाङको शब्द तथा संगीत रहेको छ । बिकास दाहालले सम्पादन गरेको गीतमा क्यामेरा पर्सन उत्सव दाहाल रहेका छन् । उक्त गीतको भिडियोमा राज संगीत र रोशनीको दमदार अभिनय रहेको छ ।

Comments