Logo

चितवनमा यसरी लेखिँदैछ सुशिल र रुविनाको ‘लभ डायरिज’ (८ तश्विर)

दुइ हप्ता पहिले मात्रै निर्माण घोषणा भएको फिल्म ‘लभ डायरिज’को यतिबेला धमाधम छायाँकन चलिरहेको छ । चिसिँदो तराइको मौसमलाई हातमा लिँदै निर्माण टिमले मध्य नेपालको चितवनमा यो फिल्मको छायाँकन तिब्र पारेको छ ।

पर्यटिकय नगरी सौराहामा ‘होस्टेल रिटर्न्स’ डेब्यू हिरो सुशिल श्रेष्ठले नव अभिनेत्री रुविना थापासँग सञ्जय लामाको क्यामेरा अघि रोमान्समा व्यस्त छन् ।

लभ स्टोरी जनराको फिल्मलाई सौरभ चौधरीले एक्सन कट गरिरहेका छन् । उनका अनुसार फिल्मको ६० प्रतिशत बढि छायाँकन चितवनमा हुनेछ । त्यसपछि निर्माण टिम पोखरा प्रस्थान गर्नेछ । अहिलेसम्म फिल्मको ३० प्रतिशत छायाँकन सकिइसकेको बताइएको छ । यो फिल्ममा लामो समयदेखि फिल्म सम्पादनमा सकृय शाहिल खानले एसोसियट निर्देशनको काम गरिरहेका छन् ।

सुशिल र रुविनासँगै विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी फिल्ममा मुख्य कलाकार छन । विनोद सापकोटाको निर्माण तथा सरोज तुलाधरको सह निर्माणमा बन्दै गरेको ‘लभ डायरिज’मा अर्जुन पोखरेलको संगीत छ भने र कविराज गहतराजको कोरियोग्राफी समावेश छ । फिल्मको स्कृप्ट मधु बास्तोलाले लेखेका हुन् ।

Comments