सर्वनामको अबसरः मोबाइलमा फिल्म खिच्नुहोस् पुरस्कार जित्नुहोस !
नेपालमा चलचित्र बनाउने प्रविधीको विकाश भै रहेको झनपछि झन बढ्दै गइरहेको बेला सर्वनामले मोवाइल फिल्म प्रतियोगीता आयोजना गर्ने भएको छ । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिएको पत्रकार सम्मेलनमा “दृश्यांश” को दोस्रो संस्करण घोषणा गरिएको हो । “दृश्यांश” को पहिलो संस्करणमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, र दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका छन् ।
प्रतियोगीताको बारेमा जानकारी दिदै “दृश्यांश” को संयोजक सम्पदा मल्लले युवा पुस्ताका जससंग कथा भएर पनि प्रविधीको कारणले खुम्चिएका पुस्तालाई यो प्रतियोगीता मुलधारमा ल्याउन सहयोग गर्ने बताइन् । साथै मोवाइल चलचित्र प्रतियोगीता नेपालमा नयाा सुनिए पनि विश्वमा यस्ता प्रकारका महोत्सब धेरै हुने बताउदै “दृश्यांश” को पहिलो संस्करणमा करिब ४०० चलचित्र आएको र उत्साहजनक सहभागीता भएका कारण नै दोस्रो संस्करण गर्न हौसीएको बताइन् ।
कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले चलचित्र बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भोतारिरहेको त कहिले प्रविधी अभावमा खुम्चिनु परेको तितो अनुभव सुनाउदै यस्ता प्रतियोगीताले चलचित्र बनाउन चाहने तर प्रविधीको कारणले खुम्चीएका प्रतिभालाइ मूलधारमा ल्याउने बताए। त्यस्तै अभिनाश विक्रम शाहले पहिलेको “दृश्यांश”को अनुभवको सुनाउदै पहिलो संस्करणमा पनि उत्कृष्ट चलचित्र आएको अनुभव बताए ।
अर्का जुरी सुशिल पौडेलले यो आफ्नो लागी नयाा अनुभव भएको बताउदै, विश्वमा सामान्य प्रविधीबाटै धेरै उत्कृष्ट चलचित्र बनेको बताउदै, मोवाइलबाट चलचित्र बनाउने प्रतियोगी भनेको अबसर र चुनौति दुबै भएको बताए ।
सह आयोजक सिनेमाघरको तर्फबाट बोल्दै सागर खरेलले आफूहरुले नेपाली चलचित्रलाई विश्वब्यापीकरण गर्ने अभियानका साथ एप्लीकेशनको सुरुवात गरिएको र सर्वनामले युवा पुस्ताका लागी गर्न लागीएको काम सरहनीय भएकाले नै आफूहरु सहकार्य गरेको बताए। त्यस्तै सर्वनामका निर्देशक अशेष मल्लले संसारमा कलाका विविध बिधाहरु भएतापनी ती एउटै छाताका भित्रका हुन भन्दै । कला ब्यक्त गर्ने माध्यम मात्र फरक हुन तर कला एउटै हुन ।
त्यस्तै मोवाइलको क्वालिटी अनुसार चलचित्रको उत्कृष्टा जाचिने होकी भन्ने प्रश्नमा निश्चल बस्नेतले चलचित्र कुन मोवाइलले कति राम्रो खिचेको छ भन्नु भन्दापनी चलचित्रले के भन्न खोजेको छ भन्ने आधारमा चलचित्रको उत्कृष्टा मापन गरिने बताए । यो प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले मोवाइबाट खिची बनाइएको चलचित्र आयोजक लाइ बुझाउन सक्नेछन् । चलचित्रको अधिकतम समय ३ मीनेट हुनेछ ।
प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु ७५००००, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव दिइनेछ । साथै उत्कृष्ट चलचित्रहरुलाई सिनेमाघर एपमा राखीनेछ धेरै हेरिएको चलचित्रलाइ अडियन्स च्वाइस अवार्ड आइप्याड ९.७ इन्च प्रदान गरिनेछ।
प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गते सम्म सर्वनाम थिएटर कालिकास्थान वा ष्लाय२कबचधबलबm।यचन।लउ मा चलचित्र पठाउन सक्नेछन् ।