राजेश हमाल एमाले छिर्ने, राष्ट्रिय सभा सांसद बन्ने तयारी
अभिनेता राजेश हमाल राजनीतिमा विशेष रुची राख्ने कलाकर्मीको भिडमा शिर्ष स्थानमा आउने नाम हो । मिडियाको अन्तर्वार्तादेखि सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दा समेत उनले उपयुक्त समयमा राजनीतिमा प्रवेश गर्ने बताउँदै आएका पनि छन् । हालै उनी राजनीति गर्नका लागि नेकपा एमाले प्रवेश गर्न लागेको चर्चा चलेको छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौंको वडा नम्बर २६ मा एमाले उम्मेदवारको र्यालीमा देखिएर चर्चामा आएका हमालले एमाले अध्यक्ष केपी ओलीलाई नै भेटेर राजनीतिमा आउनेबारे चासो देखाएको श्रोत बताउँछ । तर सो समयमा भने हमालले समर्थन दिएर झण्डाको पछि लाग्दा पनि उनि निकटस्थ उम्मेद्वार पराजित हुँदा आफ्नै क्षेत्रमा हमालको कुनै पकड नदेखिएको चर्चा चलेको थियो ।
राजेशले ओलीसँगको भेटमा निर्वाचन जितेकोमा बधाई मात्रै दिएनन्, देशका लागि उपयुक्त भूमिका खेल्न ईच्छुक रहेको समेत बताए । यसलाई राजनीतिमा प्रवेश गर्न राजेशले उपयुक्त मौका पाएको रुपमा बताइएको छ ।
हमालले राष्टिय सभा सदस्य बन्न ईच्छा गरेका छन् । भारत लगायतका मुलुकमा उपल्लो सदनमा कलाकारहरुको उपस्थिति रहने उदाहरण दिँदै अधिकांश शुभचिन्तकले हमाललाई अवसर पाउँदै गर्दा पछि नहट्न सुझाव दिएका छन् । हमाल पनि उपयुक्त भूमिकाको खोजीमा छन् । त्यसका लागि उनले एमाले प्रवेश गर्ने नगर्नेबारे निर्णय भने लिइ नसकेको निकटस्थहरु बताउँछन् ।
श्रोतः समाजखबर