Logo

रिलिजको २४ घण्टा नपुग्दै ‘कृ’ ट्रेलरको किर्तिमान

शुक्रबार साँझ ६ बजे रिलिज फिल्म ‘कृ’को ट्रेलरले युट्युवमा तहल्का मच्चाएको छ । ट्रेलर केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । यो समाचार तयार पार्दासम्म करिब ६ लाख  पटक हेरिएको छ ।

युट्युव रिलिजको यति छोटो समयमा नै ५ लाख बढि भ्यूज पाएको कुनै पनि नेपाली फिल्ममा यो पहिलो किर्तिमान हो । यसअघि ‘छक्का पञ्जा २’ को ट्रेलरलाई २४ घण्टासम्म ४ लाख ८५ हजार पटक हेरिएको थियो भने ‘ए मेरो हजुर २’ को ट्रेलर ५ लाख पटक हेरिएको थियो । ‘कृ’ ट्रेलरलाई युट्युवमा २७ हजार बढिले लाइक गरेका छन् भने ६ हजार बराबर कमेन्ट व्यक्त छन् ।

ट्रेलर हेरिसकेपछि धेरै दर्शक तथा शुभचिन्तकहरुले स्टार अभिनेता अनमोललाई नेपाली फिल्मको एक मात्र सुपरस्टारको दर्जा दिएका छन् । यसअघि अभिनयमा कमजोर भन्दै आएकाहरुले पनि यो पटक अनमोलको काममा धेरै आशा व्यक्त गरेका छन् फिल्मलाइ ‘मस्ट अवेटेड’ लेखेका छन् । यस्तै डेब्यू गर्ल अदिती बुढाथोकीलाई पनि संभावना वान अभिनेत्रीको ट्याग दिएका छन् ।

ट्रेलरको कमेन्टमा अनमोलका एक फ्यानले ‘लगातार २० पटक हेर्दा पनि मन बुझेको छैन्, वाउ वेटिङ फर दिस् मुभी रिलिज डे’ लेख्दा ट्रेलरले देखाएको फिल्मको मेकिङबाट नेपाली फिल्ममा आएको परिवर्तन अनि क्वालिटीलाई धेरैले ‘सल्यूट’ भनेका छन् । अर्को तर्फ ट्रेलरको कमेन्टमा अनमोलसँगै अभिनेता अनुपबिक्रम शाहीको काम र लुक्सको प्रसंशा गर्नेहरुको पनि कमी छैन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मका सम्पादक पनि पौडेल नै हुन् । माघ २६ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल र अदितीसँगै अनुपबिक्रम शाहि, सरोज खनाल, सुदांस सिके, लक्ष्मी गिरी, रुपा राना, कामेश्वर चौरासिया लिड अभिनयमा छन् ।

सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भएको फिल्मलाई निर्माता गिरीले नेपाली फिल्मको इतिहासकै सर्वाधिक ठुलो बजेटको फिल्म दाबी गरेका छन् । गिरीले ‘कृ’ मेकिङमा कुनै कन्जुस्याइँ नगरेको भन्दा भुवनले विदेशी फिल्मसँग प्रतिस्पर्धाको लागी आफुहरु तयार भएको बताए ।

सँगसँगैः

सिक्स प्याकमा अनमोलको एक्सन: बहु-प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज (भिडियो)

अनमोलले स्विकारे ५० लाखको अफर

सन्नी लियोनसँग दाँजेको विषयमा अदितीले मुख खोलिन्

अनमोललाई ५० लाखको अफर

Comments