अनमोलले स्विकारे ५० लाखको अफर
केहि हप्ता पहिले फिल्मीनेपाल डटकमबाट पहिलो पटक सार्वजनिक युवा स्टार अनमोल केसीलाई केहि निर्माता निर्देशकले ५० लाख पारिश्रमिक अफर गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । त्यसयता विभिन्न टिका टिप्पणीहरु हुँदै गर्दा समाचारलाई गलत बनाउन अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस सम्म लेखेर झुट सावित गर्न खोजेकी थिईन् ।
अन्ततः अनमोलले नै आफुलाई ५० लाखको अफर आएको कुरा स्विकार गरेका छन् । राजधानीमा शुक्रबार आयोजित ‘कृ’ फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारबाट तेर्सिएको प्रश्नमा जवाफ फर्काउँदै अनमोलले आफुलाई केहि निर्माताहरुबाट उक्त अफर आएको खुलाए ।
आफुले कहिल्यै पनि पैसाको लागी काम नगरेको बोल्दै अनमोलले काममा विश्वास गर्ने पात्रको रुपमा चिनाउन खोज्दा भुवन केसीको कब्जामा अनमोल भन्ने प्रकारले बाहिर आएका समाचारको पनि खण्डन गरे । ‘सेल्फ डिसिजन’ मा नै आफुले फिल्महरु गर्ने भन्दै उनले बुबा भुवनको प्रेसरमा कुनै पनि काम आजसम्म नगरेको र भोली पनि नगर्ने बताए ।
सिक्स प्याकमा अनमोलको एक्सन: बहु-प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज (भिडियो)
अनमोललाई निर्देशक सुरेन्द्र पौडेल, सिमोस सुनुवार, साकार ओझा, सुनिलकुमार थापा लगायतले आफ्नो फिल्ममा अनुबन्धनको लागी ५० लाख सम्म अफर गरेको समाचार यसअघि बाहिर आएको थियो । यो विषयमा सुनिलकुमार पत्नि झरना थापाले मात्र आफुहरुले आफ्नो ब्यानरले उक्त अफर नगरेको दाबी गरेकी थिइन् ।